शन चौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान सफलताका साथ अवतरण
2022-12-05 16:34:40cri
Share with:

चीनको मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका अनुसार,पैचिङ समय अनुसार डिसेम्बर ४ तारिख बेलुका ८ बजेर ९ मिनेट जाँदा शन चौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान फिर्ती कक्ष तोङ फङ अवतरण स्थलमा सफलताका साथ अवतरण भएको छ। अन्तरिक्ष यात्री छन् तोङ,लिउ याङ र छाई श्वी चको स्वास्थ्य अवस्था राम्रो भएको निश्चित भएको छ। शन चौ १४ नम्बर मानववाहक अन्तरिक्ष उडानको जिम्मेवारी सफल भएको छ। 

डिसेम्बर ४ तारिख बेलुका ७ बजेर २० मिनेट जाँदा शन चौ १४ नम्बर मानववाहक अन्तरिक्ष यानको लिग कक्ष र फिर्ता कक्ष सफलताका साथ अलग भएका थिए।

शन चौ १४ नम्बर मानववाहक अन्तरिक्ष यानका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा बसेको ६ महिनाको अवधिमा ३ पटक कक्षबाट निस्किएर अन्तरिक्ष स्टेशनमा कक्षभित्र तथा कक्ष बाहिर रहेका उपकरणहरुको जडान गरे। यसका साथै उनीहरुले अन्तरिक्षमा अनेकन वैज्ञानिक परीक्षण तथा प्राविधिक परीक्षण गरेका थिए।