चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयद्वारा अमेरिकालाई शीत युद्ध त्यागेर वस्तुगत तथा बौद्धिक रुपमा चीनको रक्षा शक्तिको निर्माण हेर्न ताकिता
2022-12-06 17:31:55cri
Share with:

अमेरिकी राष्ट्रिय रक्षा मन्त्रालयले हालै सन् २०२२ “चीनको सैनिक र सुरक्षाको विकास सम्बन्धी प्रतिवेदन” प्रति चीनको रक्षा नीति तथा सैनिक रणनीतिलाई बंग्याउनुका साथै चीनको सैनिक शक्तिको विकासबारे गलत रुपमा अनुमान गर्दै थाइवान मामिलामा चीनको आन्तरिक मामिलामाथि उग्र हस्तक्षेप गरेको छ। यसप्रति चीनले कडा शब्दमा असन्तोष तथा दृढ विरोध व्यक्त गर्दै अमेरिकासँग गम्भीर कुराकानी गरिसकेको छ।

 

 “चीनको सैनिक र सुरक्षाको विकास सम्बन्धी प्रतिवेदन”मा अमेरिकाले चीनको आणविक अस्त्रको आधुनिकीकरणमा औंला ठड्याएर बकबक गरेको छ,वास्तवमा त्यसले आफ्नो आणविक हतियारको नीतिबारे गहन रुपमा सोच विचार गर्नुपर्छ। अमेरिकालाई शीत युद्धको विचार त्यागेर,  चीनप्रतिको गलत सोचाई सच्याएर वस्तुगत तथा तार्किक रुपमा चीनको रक्षा शक्तिको निर्माण हेर्न सक्ने,गलत कथनी र करणी रोक्नसक्ने,वास्तविक गतिविधिमार्फत् दुई देश र दुई देशका सेना बीचको सम्बन्ध स्वस्थ तथा स्थिर विकासको बाटोमा फर्काउन प्रयास गर्नसक्ने अपेक्षा पनि चीनले गरेको छ।