#अल्पसंख्यक जाति# विशेषतायुक्त व्यवसायमा ग्रामिण जनजीवन
2022-12-06 10:10:40CRI
Share with:

समुद्री स्तरमाथि करिब ४००० मिटर उचाइमा पर्ने व्यापक घाँसे मैदान प्राकृतिक पशुपालन क्षेत्र हो। त्यहाँ टाउको कालो र शरीर सेतो भएका सामूहिक भेडाहरू घाममा नन्द रूपमा चर्दैछन्। यी भेडा समूहका हरेक भेडाको गानमा QR कोड लेखिएको ट्याग छ। यो यी भेडाहरूको इडि कार्ड हो।

चिनियाँ तिब्बत स्वायत्त प्रदेशीय शिगाचे शहरीय गाङपा गाउँमा विशेष जल र माटो छ। जसबाट त्यहाँ विशेष भेडा अर्थात् गाङपा भेडाको उत्पादन भएको छ। गाङपा भेडाले प्राकृतिक घाँस र हिमालयबाट एको पानी खाएका हुनाले मासु ज्यादै मिठो हुन्छ भन्ने मानिन्छ। तर पहिला श्रेष्ठ गाङपा भेडाले फ्नो मार्का प्रभाव नभएका हुनाले बजारमा त्यसको भाउ अरू प्रकारका भेडाभन्दा फरक थिएन।

 

सन् २०२१ को सुरूदेखि गाङपा गाउँले तिब्बती पृथ्वी तेस्रो ध्रुब व्यवसाय विकास लिमिडेट कम्पनीसँग रणनीति सहयोग गरेर गाङपा भेडाको उत्पादन शृङ्खलाको ट्रेसेबलिबिल्टी प्रणाली, मापदण्ड प्रणाली, गुणस्तरको नियन्त्रण प्रणाली र विक्री मञ्चको निर्माण र सुधार गर्नथालेको छ।

 

३७ वर्षीय कलपासाङ तिब्बती पृथ्वी तेस्रो ध्रुब व्यवसाय विकास लिमिडेट कम्पनीका महानिर्देशक हुनुहुन्छ। उहाँले तिब्बतमा सार्वजनिक मार्काको निर्माण र सञ्चालन कार्यको जिम्मेवार वहन गर्नुभएको छ। कलपासाङ र उहाँको मण्डलले पृथ्वी तेस्रो ध्रुब नामक छनट मापदण्ड मञ्चको स्थापना गर्नुभएको छ। जसले फ्नो विकासका साथै पृथ्वी तेस्रो ध्रुब मार्काको प्रभावबाट तिब्बती विशेषतायुक्त व्यवसायको विकासला पनि सहयोग गरेको छ।

 

सन् २०२२ को वसन्त चाडअघि गाङपा भेडाका उत्पादनहरू इ-वाणिज्य मञ्चमा बेच्न थालेको छ। उसको उच्च गुणस्तरीय भएका हुनाले इ-वाणिज्य मञ्चमा ज्यादै लोकप्रिय छ। हालसम्म त्यसको विक्री रकम दशं अर्ब युन पुगेको छ। हाल गाङपा भेडाको बजारभाउ अरू प्रकारका भेडाभन्दा अझै बढी हुनुका साथै पशुपालकको बाँड्ने नाफा ३० प्रतिशतले बढेको छ।

 

वास्तवमा कलपासाङ पनि कृषि तथा पशुपालक परिवारको छोरा हुनुहुन्छ। उहाँले छिङह्वा विश्वविद्यालयबाट स्नातक भएपछि विदेशमा अध्यय गर्नुभयो। सन् २०१७ ल्हासा शहरले उहाँला श्रेष्ठ व्यक्तको हैसियतमा तिब्बतमा भित्र्याएको छ।

“व्यक्तिगत कार्य र जन्मथलोको विकासला जोडेर लिएको शिक्षासँग अझै बढी अर्थ रहेको छ।” कलपासाङले भन्नुभयो।

 

तिब्बत फर्केपछि स्थानीय व्यवसायको विकाससम्बन्धी कठिनाइको सामना गर्न कलपासाङले धेरै उपाय प्रस्तुत गर्नुभएको छ। उहाँले मार्का, व्यवसाय, उत्पादनलगायत तीन पक्षबाट बजारको चाहनाबमोजिम मुख्यतः पानी, ज तथा याकलगायत क्षेत्रमा तिब्बतको विशेष मार्काको निर्माण गर्नुभएको छ। जसले किसान तथा पशुपालकको म्दानी बढाउनुका साथै ग्रामिण निर्माण र विश्वविद्यार्थीको रोजगारला घच्घच्याएको छ।

 

 केही वर्षमा उहाँको कम्पनीले पूर्व ल्हसा छाला कारखाना, ऊनको मिल पुनर्सञ्चालन परियोजना पनि गरेको छ। त्यसबाहेक उहाँहरूले बेलायत, अमेरिका, सिन्गापूर, भारतलगायत दश दशमा पृथवी तेस्रो ध्रुबको मार्का दर्ता गर्नुभएको छ। सन् २०२१ को अक्टोबरमा चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा योजित तिब्बतको प्रचार कार्यक्रमा पृथवी तेस्रो ध्रुब मार्काका उत्पादनहरू पनि सार्वजनिक भएका छन्।

 

“म विदेश गएर हाल जन्मथलो फर्केँ। किनकि व्यक्तिगत विचारला ठोस कार्यमा व्यवहारमा उतार्नुपर्छ। किसान तथा पशुपालकले उत्पादन बेच्न हेर्दा मला निकै खुशी लाग्यो। ” कलपासाङले बतउनुभयो।