चीनको विकास र विश्व विकासबीच पारस्परिक सहिष्णुता र सफलता निहित
2022-12-06 17:31:12cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले डिसेम्बर ६ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। त्यस क्रम उहाँले जर्मनीका चान्सलर ओलाफ स्चोल्जका सम्बद्ध भनाइबारे चर्चा गर्दै चीनले विश्व शान्तिको संरक्षण गर्ने र साझा विकासलाई प्रवर्द्धन गर्ने कूटनीतिक नीति र सिद्धान्तलाई कायम राख्नुका साथै विभिन्न मुलुकसित मैत्रीपूर्ण सहकार्यलाई विकसित पार्दै आएको कुरा बताउनुभएको छ। तथ्यबाट के प्रमाणित छ भने चीनको विकास नै विश्व शान्तिपूर्ण शक्ति वृद्धि हुनुका साथै वैश्विक विकासको जिवन्त शक्ति र अवसर नै रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ।

 

प्रवक्ता माउका अनुसार, चीनको विकास विश्वबाट अलग हुँदैन। बरू विश्वको समृद्धि चीन बिना पनि हुँदैन। चीनले विगतमा झैं उच्चस्तरीय वैदेशिक खुलापन लागू गर्नुका साथै विभिन्न मुलुकसँगै विकासको सुअवसरको उपभोग गर्दै जानेछ।