चीन र अरब लिगबीच सदिच्छा,विश्वास र समर्थनको कथा
2022-12-07 17:07:07cri
Share with:

चीनसँगको ऐक्यबद्धताका साथ कोभिड–१९ महामारीको प्रतिरोध गर्ने सम्बन्धमा चीनको उपलब्धिलाई स्वीकार गर्ने पहिलो महत्वपूर्ण क्षेत्रीय संगठन अरब लिग हो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई महामारी प्रतिरोधमा चीनको समर्थन गर्नेमा साउदी अरेबियाका राजा सालमान एल साउद पहिलो विदेशी राष्ट्रनायक हुनुहुन्थ्यो।

चीनले युनाइटेड अरब इमिरेट्स र बहराइनसँग विश्वमा कोरोना प्रतिरोधी खोपको तेस्रो अवधिको, विश्वमै पहिलो अन्तर्राष्ट्रिय चिकित्सा परीक्षण गरेको छ।

ट्युनिसियामा पै तौ उप-ग्रह नेभिगेसन प्रणालीको पहिलो विदेशी केन्द्रको स्थापना गरिएको छ।

पछिल्लो समयमा प्रकाशित “नयाँ युगमा चीन र अरब लिग बीचको सहयोग सम्बन्धी प्रतिबेदन” पढ्दा बारम्बार रुपमा देखा परेका “पहिलो”आश्चर्य देखिएको छ। टाढा दुरीमा पर्ने चीन र अरबेली जगतबीचको सम्पर्क कस्तो घनिष्ठ रहेको छ।

दुई हजार वर्षसम्म चीन र अरब जगतबीचको आवतजावतबारे पुनरावलोकन गर्दा प्राचीन कालको रेशम मार्गदेखि अहिलेसम्म आपसी सदिच्छा,विश्वास र समर्थन शुरुदेखि रहँदै आएको छ।

चालू वर्षको अन्त्यमा चीन र अरब जगतबीचको आदान-प्रदान बढ्दै गएको छ। चीन र अरब लिगबीचको सहयोग नयाँ उचाईमा पुग्नसक्ने अपेक्षा विश्वका जनताले गरेका छन्। एक जना अरबेली कविले भनेका छन् “सूर्यको सामु तपाईंले अवश्य नै आफ्नो आशा देख्नुहुन्छ”। सूर्यको सामु आपसी हित तथा साझा जीत भएको चीन-अरब सहयोगले अवश्य नै विश्वलाई अरु बढी आशा ल्याउने छ।