राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ भाषा सिक्दै गरेका साउदी अरेबियाका विद्यार्थी प्रतिनिधिलाई जवाफ
2022-12-08 10:41:20cri
Share with:

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले साउदी अरेबियामा चिनियाँ भाषा सिकिरहेका विद्यार्थीहरूको प्रतिनिधिलाई जवाफ दिँदै साउदी अरेबियाली युवाहरूलाई चिनियाँ भाषा राम्रोसँग सिक्न तथा चीन-साउदी अरेबिया तथा चीन–अरब मित्रता बढाउन नयाँ योगदान दिन प्रोत्साहन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले कुनै पनि देशलाई बुझ्न सबैभन्दा राम्रो कुञ्जी भाषा रहेको औँल्याउनुभयो। तपाईँले चिनियाँ भाषा सिकेर "चिनियाँ भाषा पुल" आदान प्रदान कार्यक्रममा सहभागी भएर रंगीन, त्रि-आयामिक र व्यापक चीनको बारेमा जानकारी लिएकोमा म साँच्चै खुशी छु, उहाँले भन्नुभयो। सी चिनफिङले युवा पुस्ता नै चीन–साउदी अरेबिया र चीन–अरब मित्रताको भविष्य भएको कुरामा जोड दिनुभयो। मलाई आशा छ कि विद्यार्थीहरूले कडा मेहनत गरी चिनियाँ र साउदी अरेबिया,चिनियाँ र साउदी अरेबिया जनता बीचको मित्रता बढाउन नयाँ योगदान गर्ने छन्, उहाँले बताउनुभयो।