सबैभन्दा ठूलो, उच्चतम विशिष्टता
2022-12-08 14:30:15cri
Share with:

डिसेम्बर ७ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानबाट रियाद पुग्नुभएको छ। साउदी अरेबियाका राजा सलमानको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले पहिलो पटक चीन-अरब राष्ट्रहरु शिखर सम्मेलन र चीन-खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनुहुने छ। साथै उहाँले साउदी अरेबियाको राजनैतिक भ्रमण पनि गर्नुहुने छ।

 

यो कूटनीतिक कदम सन् २०१६ देखि ६ वर्षपछि राष्ट्राध्यक्ष सी चिनफिङको दोस्रो साउदी अरेबियाको भ्रमण हो। अझ उल्लेखनीय के छ भने यो नयाँ चीनको स्थापनापछि चीन र अरब राष्ट्रहरूबीचको सबैभन्दा ठूलो र उच्चस्तरीय कूटनीतिक कार्य पनि हो।

 

यस पटक चीन र अरब राष्ट्रहरु बीचको "दुई सबैभन्दा राम्रो" चीन-अरब राष्ट्रहरु सम्बन्धको विशिष्टता झल्काउन पर्याप्त छ। "दुई सबैभन्दा राम्रो" लाई मूर्त रूप दिने गतिविधिहरु मध्ये एक निस्सन्देह पहिलो चीन-अरब राष्ट्रहरु शिखर सम्मेलन हो। चीनले संयुक्त रूपमा अरब राष्ट्रसँग नेताहरूको शिखर सम्मेलन गरेको यो पहिलो पटक हो। यसपटकको चिनियाँ नेताको भ्रमणलाई अरब राष्ट्रहरूले निकै महत्व दिएका छन् । सन् २०१६मा राष्ट्राध्यक्ष सी चिनफिङले साउदी अरेबियाको भ्रमण गर्नुभएको थियो। साउदी अरेबियाबाहेक राष्ट्राध्यक्ष सीले एकै समयमा इजिप्ट र इरानको पनि भ्रमण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीको भनाइमा चीन र अरब राष्ट्रबीचको विश्वास अतुलनीय छ र यसलाई पैसाले किन्न सकिँदैन।

 

सबै क्षेत्रहरूमा, अरब संसारमा चीनको सकारात्मक धारणा र मूल्याङ्कन निश्चित रूपमा पहिलो स्थानमा छ। यसको पछाडि चीन र अरब संसार बीच हजारौँ वर्षदेखि ऐतिहासिक आदानप्रदान छ। चीनको सार्वभौमसत्ता र मुख्य हितका मुद्दाहरूमा अरब संसार सधैँ नै चीनको कट्टर समर्थक रहेको छ।