बहुराष्ट्रिय कम्पनीमा मर्यादित श्रम अभ्यास गर्नुपर्ने श्रम संगठनको भनाइमा नेपाल सहमत
2022-12-08 16:58:20cri
Share with:

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले बहुराष्ट्रिय लगानी भएका ठूला प्रतिष्ठानमा मर्यादित श्रम अभ्यास हुने भएकोले सम्बन्धित देशले विदेशी लगानी ल्याउने वातावरण बनाउनुपर्ने जनाएको छ ।‘बहुराष्ट्रिय उद्यम, विकास र मर्यादीत श्रम’ सम्बन्धी प्रतिवेदनमाथि बोल्दै आयोजित पत्रकार सम्मेलनमा आईएलओका विभागीय प्रमुख गिथा रेलान्सले कोभिडपछि खुम्चिएको अर्थतन्त्रलाई सुधार गर्न विदेशी लगानी रहेको प्रतिष्ठानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

 

नेपालको श्रम बजारमा वार्षिक नयाँ श्रमशक्ति ५ लाख जना भित्रिने गरेको छ । नेपालमा मर्यादित श्रम र उत्पादनशील रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । एसिया तथा प्रशान्त क्षेत्रमा विदेशी लगानी भएकोले यो क्षेत्र वैदेशिक रोजगारीमा आउने नेपाली श्रमिकको प्रमुख गन्तव्य क्षेत्र हो । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये ८० पतिशत एसिया, प्रशान्त र अरब क्षेत्रमा छन् ।

 

नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएकोले श्रम विवाद नभएको सन्देश दिएको छ । सिंगापुरमा जारी १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा श्रम सचिव एकनारायण अर्यालले मर्यादित श्रम र विदेशी लगानी कर्ताहरुले उचित श्रम अभ्यास गर्न पाउने गरी लगानीमैत्री वातावरण गर्ने आधार तय भइसकेको बताउनुभयो।

२०७८ फागुनसम्म उद्योग विभागमा ५ हजार ३ सय ८४ उद्योगमा ३ खर्ब ९६ अर्ब ५३ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृति भएको छ । यी उद्योग सञ्चालनमा आए २ लाख ७८ हजार ९ सय ७५ रोजगारी सृजना हुने अनुमान छ । तर, विदेशी लगानी स्वीकृतिको तुलनामा निकै कम लगानी भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

हालै सम्पन्न निर्वाचनका लागि दलहरूले आन्तरिक रूपमा रोजगारी दिन सकिने संख्या सार्वजनिक गरेका कान्तिपुर अनलाइनमा खबर छ।