राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनको राष्ट्रिय इतिहास संस्थाको स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश
2022-12-08 14:27:34cri
Share with:

चीनको राष्ट्रिय इतिहास संस्थाको स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एक शुभकामना सन्देश पठाउनुभएको छ। साथै संस्थाका सबै कर्मचारीहरू र राष्ट्रिय इतिहासका अध्येताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।

 

आफ्नो शुभकामना सन्देशमा सी चिनफिङले ३० वर्षअघि स्थापना भएदेखि नै राष्ट्रिय इतिहास संस्थाले नयाँ चीनको इतिहास अनुसन्धान, प्रचार र शिक्षाको विकासमा सकारात्मक योगदान दिएको औँल्याउनुभयो।

 

सन् १९९२को डिसेम्बरमा चीनको राष्ट्रिय इतिहास संस्था स्थापना भएको हो,यो एक राष्ट्रिय शैक्षिक सामाजिक संस्था हो।