महामारीको प्रतिरोधमा चीनको विशाल उपलब्धिद्वारा महामारीको प्रतिरोध सम्बन्धी नीतिमा सुधार गर्न अवसर प्रदान
2022-12-08 17:00:22cri
Share with:

हाल चीनले महामारीको प्रतिरोध सम्बन्धी दश सूत्रीय सुधारका कदम सार्वजनिक गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गत महामारीको व्यवस्थापन कार्य टोलीका प्रमुख विशेषज्ञ ल्याङ वान न्यानले कोरोना महामारी प्रतिरोधको ३ वर्षयता चीनले महत्त्वपूर्ण रणनीतिक उपलब्धि हासिल गरी महामारी प्रतिरोध र सामाजिक विकास बीचको सन्तुलन तुलनात्मक रुपमा राम्रोसँग गरेको बताउनुभयो। जसले महामारीको प्रतिरोध सम्बन्धी नीति र कदम निरन्तर सुधारका लागि जग बसालेको पनि उहाँले औंल्याउनुभयो।

ल्याङ वान न्यानले चीनले भाइरस परिवर्तन र रोगको विशेषतालाई निरन्तर रुपमा ध्यान दिँदै चीनको वास्तविकता बमोजिम महामारीको प्रतिरोध गर्ने क्षमता लगायत आधारभूत शर्तबारे सोच विचार गरी महामारीको प्रतिरोध सम्बन्धी नीति र कदममा लगातार रुपमा सुधार गर्ने छ,जसबाट सर्वसाधारणको स्वास्थ्यको संरक्षण गरिनुका साथै महामारीको प्रतिरोध र सामाजिक तथा आर्थिक विकास बीचको सन्तुलन गर्नसकियोस् भन्ने कुरामा जोड दिनुभयो।