भविष्य उन्मुख चीन-क्यूबाद्वारा दुई पक्षका जनतालाई अरू फाइदा पुर्याउने
2022-12-08 10:37:40cri
Share with:

नोभेम्बर २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा राजकीय भ्रमणमा रहनुभएका क्यूबा कम्युनिष्ट पार्टी केन्द्रिय समितिका प्रथम सचिव एवम् राष्ट्राध्यक्ष मिगुएल दियाज कानेल बेर्मुदेजसँग भेट-वार्ता गर्नुभएको छ। दुई पक्षले दुई पार्टी र दुई देशबीच सम्बन्धमाथिको राजनीतिक नेतृत्वलाई बढाएर नयाँ युगमा चीन-क्यूबा विशेष मैत्रीपूर्ण सम्बन्धलाई अरू गहन पार्ने सहमति सम्पन्न गरेका छन्।

चीन-क्यूबा भाग्य समुदाय चीन र ल्याटिन अमेरिका तथा क्यारेबियन देशबीच स्थापित पहिलो भाग्य समुदाय हो जसले नयाँ युगमा द्वीपक्षीय सम्बन्धको विकासलाई दिशानिर्देश गरेको छ। चीन र क्यूबाबीच टाढाको दूरी छ तापनि दुई पक्षबीच निकै असल सम्बन्ध रहेको छ। क्यूबा पश्चिमी गोलार्धमा चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको पहिलो मुलुक हो साथै समाजवादी मुलुक पनि हो।

मिगुएल दियाज कानेल बेर्मुदेज सीपीसी २०औँ महाधिवेशनपछि चीनको भ्रमण गर्ने पहिलो ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकको राष्ट्रानायक हुनुहुन्छ जसबाट चीन-क्यूबा सम्बन्ध समाजवादी मुलुकबीच एकता र सहयोग गर्ने र विकासोन्मुख मुलुकबीच इमानदार पारस्परिक सहयोग गर्ने नमूना बनेको प्रमाणित भएको छ।

हाल चीन क्यूबाको प्रथम व्यापारिक साझेदार हो भने क्यूबा क्यारेबियन क्षेत्रमा चीनको दोस्रो व्यापारिक साझेदार हो। सन् २०२१ मा चीन-क्यूबा द्वीपक्षीय व्यापार मात्रा ७.२ प्रतिशतले बढेको छ। यस वर्षका पहिला तीन त्रैमासिक दुई पक्षबीच व्यापारिक मात्रा बढ्दैआएको छ भने क्यूबाबाट चीनको आयात मात्रा १८.१ प्रतिशत बढेको छ।

उल्लेख गर्नलायक कुरा के हो भने सन् २०१८ मा चीन र क्यूबाले बेल्ट एण्ड रोडको संयुक्त रचना एमओयुमा हस्ताक्षर गरेका थिए भने सन् २०२१ मा दुई पक्षले बीआरआईको संयुक्त रचनाको सहयोग कार्यक्रममा हस्ताक्षर गरेका थिए। यस भ्रमणका अवसरमा दुई पक्षले बीआरआईको संयुक्त रचनालगायत द्वीपक्षीय पत्रमा हस्ताक्षर गरी व्यावहारिक सहयोगलाई गहन पार्न नयाँ शक्ति प्रदान गरेका छन्। क्यूबा शीर्ष नेताको यस चीन भ्रमणले चीन-ल्याटिन अमेरिका सहयोगलाई अरू बढी स्पेस थपेको छ भने हाल २१ वटा ल्याटिन अमेरिका मुलुकले चीनसँग बीआरआई सहयोग पत्रमा हस्ताक्षर गरेका छन्।

भविष्य उन्मुख चीन-क्यूबाले चीन-क्यूबा र चीन-ल्याटिन अमेरिका भाग्य समुदायको संयुक्त रचना गरी दुई पक्षका जनतालाई अरू फाइदा पुर्याउनेछन्।