अझै बढी विदेशीहरूले चीनबारे जानकारी लिनसक्ने लेसोथोकी युवती लीनोको आशा
2022-12-09 11:19:24cri
Share with:

लेसोथोबाट आएकी अफ्रिकी युवती लीनो विश्वविद्यालयबाट स्नातक भएपछि अध्ययन गर्न चीन आइन्। चीनमा लीनोले विश्वप्रति चीनको आकर्षक शक्तिको अनुभव गरिन्। उनले पनि चीनको विकासको मौका छोपेर अझै ठूलो प्रगति हासिल गर्नसक्ने आशा लिइन्।

 

केही दिनअघि लीनोले चीनको निङ् स्या व्है जातीय स्वायत्त प्रदेशको यिनछ्वानको भ्रमण गरिन्। उनी दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय अंगुर मदिरा सँस्कृति तथा पर्यटन मेलामा सहभागी भइन्। उनले स्थानीय किसानले निङ स्याको विशेषतायुक्त मौसम र माटोको प्रयोग गरी बगरलाई अंगुर बगैंचामा बदलेको अवस्थाबारे जानकारी लिइन्। लीनो भन्छिन् “म भर्खरै निङ स्या गएँ। त्यहाँको एक क्षेत्र पहिले मरुभूमि थियो। अहिले त्यहाँ अंगुर रोपिन्छ, अंगुर मदिरा बनाइन्छ। निङ् स्याको अंगुर मदिरा व्यवसायले स्थानीय अर्थतन्त्रको वृद्धि प्रबर्द्धन गरेको छ। त्यहाँको अंगुर मदिरा मिठो छ। धेरै विदेशी उद्योग-व्यवसाय र विदेशीले निङ् स्यामा अंगुर वाइन व्यवसायसम्बन्धी काम गरेका छन्। निङ् स्यामा पनि विद्युत परियोजनाहरू छन्। सौर्य ऊर्जा कारखाना र वायु ऊर्जा विद्युत कारखाना देख्नपाइन्छ।”

 

लीनो दक्षिण-पूर्वी अफ्रिकाको लेसोथोबाट आएकी हुन्। उनका बुबा व्यापार गर्न धेरै पटक चीन आउजाउ गर्थे। सानै उमेरमा उनले बुबाबाट चीनसम्बन्धी कथाहरू सुनेकी थिइन्। उनका बुबाले पनि चीनबाट लीनोका लागि विविध सामानहरू लगिदिन्थे। त्यस अवधिदेखि लीनोले चीन जाने सपना बुन्न थालेकी थिइन्।  दक्षिण अफ्रिकामा दुई वर्षसम्म काम गरेपछि उनले मास्टर डिग्री अध्ययन गर्ने मौका पाइन्। मास्टर डिग्री पाएपछि उनले अफ्रिका क्वाङ तोङ व्यापार महासंघबाट रोजगारी पाइन्।

 

अफ्रिका क्वाङ तोङ व्यापार महासंघ अफ्रिका र चीनबीचको लगानी र व्यापारको विकास चौतारो हो। लामो समयदेखि यो महासंघले अफ्रिकी उद्योग-व्यवसायले लगानी गर्न क्वाङ तुङ प्रान्तमा प्रवेश गर्न, क्वाङ तुङका उद्योग-व्यवसायले अफ्रिकामा लगानी लैजानका लागि पुलको खडा गरेको छ। लीनोले विदेशी खास गरी अफ्रिकीहरूले चीनप्रति चासो लिने, सिक्न र काम गर्न चीन जाने अपेक्षा राखेको अनुभव गरिन्। लीनो भन्छिन् “अझै धेरै विदेशीहरूले चीनबारे जानकारी लिने आशा लिन्छन्। जस्तै भनौं मैले अफ्रिका क्वाङ तुङ व्यापार महासंघमा काम गर्दा धेरै मुलुक खास गरी अफ्रिकी उद्योग-व्यवसाय र व्यापारी मेलामा सहभागी हुन क्वाङ तुङ गए।”

 

चीनमा बसेको सात वर्षमा लीनोले चीनप्रति विश्वको आकर्षण शक्ति देखिन्। उनको विचारमा चीनको वैज्ञानिक नवप्रवर्तन र खुला भैरहेको अन्तर्राष्ट्रिय वातावरणले विदेशीहरूलाई आकर्षित गरेको छ।