चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा साउदी अरेबियाका राजासँग भेटवार्ता
2022-12-09 10:40:04cri
Share with:

८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियाद दरबारमा साउदी अरेबियाका राजा अब्दुल अजीज अलसाउदबीच सलमानसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्रध्यक्ष सीले ६ वर्षपछि फेरि साउदी अरेबियाको भ्रमण गरेकोमा खुशी लागेको व्यक्त गर्दै ६ वर्ष अगाडि राजासँग जनाएका महत्वपूर्ण सहमतिहरू अहिले दुई मुलुकको सहयोगात्मक उपलब्धि बनेको देखेर पनि खुशी लागेको बताउनुभएको छ। चीन साउदी अरेबिया सहयोगसँग व्यापक सम्भावना भएकोले चीनले साउदी अरेबियासँग विभिन्न पक्षका सहयोगलाई गहन पारी संयुक्त रूपमा विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने इच्छा लिएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

राजा सलमानले सन् २०१६ मा राष्ट्राध्यक्ष सी चिनफिङको साउदी अरेबियाको सफल भ्रमणको समीक्षा गर्दै केही वर्षयता साउदी अरेबिया र चीनबीचका सहयोगमा राम्रो प्रगति हासिल गरेर चीनको हित साउदी अरेबियाको हित एउटै भएको उहाँले व्यक्त गर्नुभएको छ। चीनसँगको सम्बन्धमा उच्च ध्यान दिएको बताउँदै राजा सलमानले भविष्यमा चीनसँग साउदी अरेबिया सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने बताउनुभएको छ।