राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्यालेष्टिनी राष्ट्रपति अब्बाससँग भेटवार्ता
2022-12-09 11:26:09cri
Share with:

डिसेम्बर ८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बाससँग रियादमा भेट गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीन र प्यालेष्टाइन सुरुदेखि नै मित्रवत रहेको बताउनुभयो। आधा शताब्दीभन्दा बढी समयदेखि दुवै पक्षले सधैँ एकअर्कालाई विश्वास र समर्थन गर्दैआएको बताउनुभयो। अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति जतिसुकै परिवर्तन भए तापनि प्यालेष्टिनी जनताको वैध राष्ट्रिय अधिकारको पुनर्स्थापना गर्न चीनले दृढतापूर्वक समर्थन गर्ने छ र प्यालेष्टिनी जनताको साथमा सधैँ उभिने छ, उहँले भन्नुभयो। सी चिनफिङले आगामी वर्ष चीन र प्यालेष्टाइन बीच दौत्य सम्बन्ध स्थापनाको ३५औँ वर्षगाँठ रहेको भन्दै दुवै पक्षले उत्सव गतिविधिको राम्रो योजना बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

 

प्यालेष्टिनी जनताले चिनियाँ जनतासँगको मैत्रीपूर्ण सम्बन्धमा गर्व गरेको राष्ट्रिपति अब्बासले बताउनुभयो। चीन प्यालेसष्टाइनको इमानदार र भरपर्दो मित्र हो र प्यालेष्टिनी जनताको न्यायोचित उद्देश्यलाई सधैँ दृढतापूर्वक समर्थन गर्दैआएको अब्बासले बताउनुभयो। उहाँले भन्नुभयो कि,“प्यालेसष्टाइन पक्षले एक चीन सिद्धान्तलाई दृढताका साथ पालना गरिरहने छ, थाइवान, हङकङ र सिनच्याङका मुद्दाहरूमा चीनको वैधानिक अडानलाई दृढतापूर्वक समर्थन गर्ने छ, "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणमा दृढतापूर्वक समर्थन र सक्रिय रूपमा सहभागी हुनेछ। चीनसँग विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्न तथा जारी राख्न इच्छुक छ।”