नेपाल विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी केन्द्रित
2022-12-09 16:48:30cri
Share with:

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभएको छ। बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा घिसिङले यस्तो बताउनुभएको हो। सरकार र प्राधिकरण विद्युतीय पूर्वाधार विकासका लागि लगानी केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो।

 

नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पोहरु भइरहेको उहाँले बताउनुभयो। घिसिङले विद्युत खपतका लागि चार्जिङ स्टेसनहरु विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताउनुभएको अनलाइन खबरमा समाचार छ।

 

उहाँले विद्युत प्रसारण, वितरण र सब स्टेशनको विकास नभई विद्युत खपत बढाउन नसक्ने बताउनुभयो। गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा प्राधिकरण रहेको उहाँको भनाइ छ। घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताउनुभयो।

 

‘विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ। प्राधिकरण निरन्तर, गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं’ उहाँले भन्नुभयो।