चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रियादमा इजिप्टका राष्ट्रपतिसँग भेट
2022-12-09 11:24:58cri
Share with:

डिसेम्बर ८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इजिप्टका राष्ट्रपति सिसीसँग रियादमा भेट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा गहिरो र जटिल परिवर्तनहरू भइरहेको,चीन-इजिप्ट सम्बन्धको रणनीतिक र समग्र प्रकृति अझ प्रष्ट भएको औँल्याउनुभयो। उहाँले भन्नुभयो: "चीन र इजिप्टको समान विचार र चासो छ,नयाँ युगमा साझा भविष्यको साथ चीन-इजिप्ट समुदाय निर्माण गर्न र दुई देश बीचको व्यापक रणनीतिक साझेदारीको नयाँ र बृहत्तर विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले मिलेर काम गर्नुपर्छ। "

सिसीले भन्नुभयो: "म यस वर्षको फेब्रुअरीमा शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन चीन आएको थिएँ साथै तपाईंसँग फलदायी भेट भएक् थियो। मलाई विश्वास छ तपाईंको नयाँ कार्यकालमा इजिप्ट र चीन बीचको सम्बन्धले पक्कै पनि ठूलो विकास गर्नेछ। 'बेल्ट एण्ड रोड' को भविष्यको सहयोगले निश्चित रूपमा उत्कृष्ट नतिजा हासिल गर्नेछ।"