चीन र साउदी अरेबिया रणनीतिक साझेदार पनि, सहृदयी मित्र पनि
2022-12-10 17:16:03cri
Share with:

चीन र साउदी अरेबियाका नेतागण स्वयंले जन गणतन्त्र चीन र साउदी अरेबियाबीच सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध सन्धिमा हस्ताक्षर गरेका छन्। दुवै पक्षले चीन साउदी उच्चस्तरीय संयुक्त परिषद्का प्रमुखको तहलाई प्रधानमन्त्री स्तरसम्म उकास्ने सहमति जनाएका छन्। चीनले साउदी अरबियालाई चिनियाँ नागरिकका लागि सीमा पार गरी यात्रा गर्ने गन्तव्य मुलुकको रूपमा निश्चित गर्न स्वीकार गरेको छ र साउदी अरबियाले स्वदेशको औद्योगिकीकरण प्रकियामा संलग्न हुन अझ बढी चिनियाँ व्यवसायको स्वागत गरेको छ।   

 

डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियाद राजदरबारमा साउदी अरबका राजा सल्मान बीन अब्दुल अजिज अलसाउदसँग भेटघाट गर्नुका साथै साउदी अरेबियाका राजकुमार एवम् प्रधानमन्त्री मुहामद बीन सल्मान बीन अब्देल अजिज अलसाउदसँग वार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूले चीन साउदी अरबिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई अझ ठूलो मात्रामा विकसित पार्ने विषयबारे मतैक्यता प्राप्त गर्नुभएको थियो।

 

विश्वस्त कुरा के छ भने निरन्तर गहिरिँदै आएको चीन साउदी अरबिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धले दुवै देशका जनताका लागि अझ सुमधुर आशा ल्याउनुका साथै विश्व विकास र समृद्धिलाई अघि बढाउनका लागि अझ ठूलो योगदान गर्दै जानेछ।