सी चिनफिङद्वारा यमनी राष्ट्रपतिको नेतृत्व समितिका अध्यक्ष अलिमीसँग भेट-वार्ता
2022-12-10 16:48:01cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियादमा यमनका राष्ट्रपति नेतृत्व समितिका अध्यक्ष अलिमीसँग भेट-वार्ता गर्नुभयो।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अरब सामूहिक सहकार्यलाई प्रगाढ बनाउन र चीन-अरब सम्बन्धको विकासका लागि नयाँ प्रगति हासिल गर्न  यमनसँगै मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभयो।

 

प्रत्युत्तरमा अध्यक्ष अलिमीले चीनसँग मिलेर विभिन्न क्षेत्रको मैत्रीपूर्ण आदान-प्रदान र सहकार्यलाई सुदृढ पार्ने यमनको आशा रहेको कुरा पनि बताउनुभयो।