नेपालको स्वास्थ्य सूचकाङ्कमा उल्लेख्य सुधार
2022-12-10 16:35:53cri
Share with:

नेपालमा स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो। स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन्।

यस्तै नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उल्लेख्य कमी आएको छ। सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रतिएक लाख जीवित जन्ममा ११८ को मृत्यु हुने गरेकोमा हाल उक्त सङ्ख्या २१ मा झरेको छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामध्ये ३३ जनाको मृत्यु हुने गरेको छ ।  साढे दुई दशकयता नेपालमा प्रजनन दर आधाले घटेको छ।

यसैगरी नेपालमा गर्भवती सेवामा पनि सुधार हुँदै गएको छ । नेपालमा १५ देखि ४९ वर्षसम्मका ४३ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्दछन् । यस्तै १० मध्ये दुईभन्दा बढी महिलाले दक्ष सेवा प्रदायकबाट गर्भवती सेवा पाइरहेका छन्।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार दुई वर्षभित्रको समय अवधिमा जीवित जन्मेकामध्ये ७९५ बच्चा स्वास्थ्य संस्थामा जन्मेका छन् । सन् १९९६ मा ८४ बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए । ७० प्रतिशत महिलाले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी परीक्षण गराउने गरेका छन् ।

सन् १९९६ देखि यता १२ देखि २३ महिनाभित्र आधारभूत खोप लगाउने दर पनि बढेको छ। सन् २०११ मा ८०५ रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८५ हुन आएको थियो । सन् २०२२ मा पनि ८०५ हुन गएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाअनुसार सन् १९९६ मा ५७५ रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५५ मा झरेको छ। स्वास्थ्यसम्बन्धी सर्वेक्षणले नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै बेला गर्भवती भइसकेको देखाएको छ।