यस कोसेढुङ्गाबाट चीन र अरबेली मुलुक बीचको सम्बन्धलाई अझ सुमधुर भविष्यतर्फ लैजाने
2022-12-11 17:13:54cri
Share with:

 

डिसेम्बर ९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साउदी अरेबियाको राजधानी रियादमा आयोजित पहिलो चीन-अरबेली मुलुक शिखर सम्मेलनलाई मुख्य विषयक सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीन र अरबेली मुलुक बीचको अझ घनिष्ट भाग्य एकरूपताको स्थापना गर्ने कुरामा जोड दिँदै चीन र अरबेली मुलुक बीचको वास्तविक सहकार्य सम्बन्धी ८ वटा संयुक्त गतिविधि पनि प्रस्तुत गर्नुभएको छ। यसका अतिरिक्त दुवै पक्षले सर्वसम्मतिले के मतैक्यता जनाएका छन् भने सक्दो प्रयासमार्फत नयाँ युगतर्फ उन्मुख चीन-अरबेली मुलुक बीचको भाग्य एकरूपताको स्थापना र निर्माण गर्ने छन्। त्यो यस शिखर सम्मेलनमा प्राप्त सबभन्दा महत्वपूर्ण राजनीतिक प्रतिफल नै हो।

 

नयाँ युगतर्फ उन्मुख हुने चीन - अरबेली मुलुक बीचको भाग्य एकरूपताको कसरी स्थापना र निर्माण गर्ने भन्ने सन्दर्भमा चीनले उक्त शिखर सम्मेलनमा सैद्धान्तिक अडान प्रकाश पार्नुका साथै वास्तविक गतिविधि योजना पनि प्रस्तुत गरेको छ। राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको ४ बुँदे प्रस्तावले नयाँ युगतर्फ उन्मुख चीन अरबेली मुलुक बीचको भाग्य एकरूपताको स्थापना र निर्माणका लागि सही दिशा देखाएको छ।

 

चीनलाई अरबेली मुलुक चाहिन्छ। साथै अरबेली मुलुकलाई पनि चीन चाहिन्छ। नयाँ नीलोपत्रको निर्देशन अनुसार, चीन र अरबेली मुलुक बीचको अझ उच्च गुणस्तरीय सम्बन्धले विश्व शान्ति र विकासका लागि अझ ठूलो योगदान गर्दै जानेछ।