दक्षिण अफ्रिकी नागरिकको चीन बसाइको कथा-१
2022-12-12 17:19:03cri
Share with:

दक्षिण अफ्रिकाका नागरिक आन्ड्रे पलेसिसले आफ्नो युवाकालमा चीनको संस्कृतिको आकर्षणको अनुभव गर्नुभएको छ। उहाँ चीनको प्रेरक आर्थिक शक्तिबाट प्रभावित हुनु भएको छ। अहिले उहाँले आफूलाई तु आन रुई भन्ने चिनियाँ नाम दिएर नयाँ युगमा चीनको जीवन्त शक्तिको अनुभव गर्दै हुनुहुन्छ।श्रोता, अहिले तपाईँले दक्षिण अफ्रिकाका नागरिक तु आन रुईले गाउनुभएको युन नान प्रान्तको लोक गीत सुन्दै हुनुहुन्छ। ४५ वर्षीय तु आन रुई अहिले चीनको दक्षिण-पश्चिमी भागमा अवस्थित युन नान प्रान्तको खुन मिङ शहरमा बस्नुहुन्छ। यहाँका शानदार प्राकृतिक दृश्य र रङ्गीचङ्गी मानवीय प्रचलनले उहाँलाई आकर्षित गरेको छ।

युन नान प्रान्तमा मेरो लागि सबैभन्दा आकर्षित कुरा भनेको यहाँका विविध जातिको संस्कृति र सुन्दर प्राकृतिक दृश्य हो, यहाँ अग्लो पहाडको शानदार दृश्य देख्नसकिन्छ। यसका साथै खुन मिङ शहरको समुद्र सतहदेखिको उचाइ मेरो जन्मथलो जोहानेस्बर्गको बराबर छ। खुन मिङको मौसम वर्षभरि वसन्त ऋतु जस्तै छ। त्यसैले मैले खुन मिङमा बस्ने निर्णय गरेको छु। यहाँ मैले मेरी जीवन साथीसँग भेटेर विवाह गरेको छु।

तु आन रुई भिडियोबाट युन नानको प्रदर्शन गर्दै इन्टरनेट प्रयोगकर्ताहरुसँग उपभोग गर्ने चासो राख्नुहुन्छ।

म भिडियोबाट युन नानका विभिन्न जातिको संस्कृति, प्राकृतिक दृश्य, रीतिरिवाज र पठारभूमिमा रहेका विशेष बस्तुहरुको उपभोग गर्न मन पराउँछु। फु मि जाति, यी जाति र बाई जाति लगायत युन नानका विभिन्न जातिको संस्कृतिबारे मैले खिचेको भिडियोलाई इन्टरनेट प्रयोगकर्ताहरुले मन पराएका छन्। मैले गाएको लोक गीत पनि उनीहरुलाई धेरै मन पर्छ। 

सन् १९९५ मा तु आन रुईले चीनबारे जानकारी लिन थाल्नुभएको थियो। त्यस बेला १८ वर्षको उमेरमा उहाँले चीनका केही प्राचीन कालको ग्रन्थ पढेर चिनियाँ संस्कृतिलाई मन पराउँदै चीनमा पढ्ने इच्छा लिनुभएको थियो। तथापि यस्तो निर्णय उहाँको परिवारजनको विचारमा “पागल” जस्तै रहेको कारण उहाँले लेखापालको विषय पढ्नुभयो।

पछि तु आन रुई अफ्रिकाको महत्त्वपूर्ण बैंकिङ समूह- फस्टरान्ड ग्रुप ट्रेजरीका प्रथम वित्त अधिकृत बन्नुभयो। आफ्नो काममा चीनको विशाल प्रेरक शक्ति रहेको उहाँले खुसीसँग फेला पार्नुभयो। सन् २०१५ मा ३८ वर्षीय तु आन रुई चीन आउनुभयो।

बैंकिंग क्षेत्रमा दश वर्षसम्म काम गरेको बेलामा मैले समष्टिगत आर्थिक संरचना पढेर अर्थतन्त्र र समाज बीचको सम्बन्धको अध्ययन गर्दै आएको थिएँ। यस क्रममा मैले चीनको विकासलाई ध्यान दिँदै चीनको विकासको ढंगप्रति अरु बढी चासो राख्दै आएको थिएँ। त्यसैले ७ वर्षअघि मैले चीन आएर आफ्नो चिनियाँ सपना पछ्याएको छु।

चीन आएपछि तु आन रुईले पैचिङ तथा नान चिङ लगायत शहरहरुमा चिनियाँ भाषा पढ्दै चिनियाँ संस्कृतिको अनुभव गर्नुभयो। त्यसका अतिरिक्त, उहाँ युन नान व्यापार व्यवस्थापन कलेजमा लेखापाल अंग्रेजी भाषाका शिक्षक बन्नुभयो।

कलेजमा पढाउने अवधिमा मैले अंग्रेजी भाषा सिकाउने योजना र त्यसको कार्यान्वयन प्रस्ताव बनाएँ। त्यसका अतिरिक्त, मैले दक्ष व्यक्तिका लागि पाठ्यक्रमको डिजाइन गरेँ। मैले विद्यार्थीहरुसँगै किताब पढ्नुका साथै व्यवसायको व्यवस्थापन लगायत विविध विषयहरुबारे छलफल गरेँ। विद्यार्थीहरुले आफूलाई केही विषयमा मात्र सिमित गर्नुहुँदैन, तिनीहरुले अरु विषयहरु पनि सिक्नुपर्ने मेरो ठहर छ, जसबाट समाजका लागि सक्रिय योगदान प्रदान गर्न सकिने छ।