सी चिनफिङद्वारा गैर-भौतिक सांस्कृतिक सम्पदाको संरक्षण कार्यबारे महत्वपूर्ण निर्देशन
2022-12-12 14:04:26cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै गैर-भौतिक सांस्कृतिक सम्पदाको संरक्षण कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले “चीनको चिया बनाउने परम्परागत कला र सम्बन्धित रीतिरिवाज” संयुक्त राष्ट् सँघीय शिक्षा, विज्ञान र संस्कृति सँगठन अर्थात् यूनेस्कोको गैर-भौतिक सांस्कृतिक सम्पदाको नामावलीमा सूचीकृत हुनु चीनको चिया संस्कृतिको प्रचार-प्रसारका लागि ठूलो अर्थ रहेको बताउनुभएको छ। उहाँले गैर-भौतिक सांस्कृतिक सम्पदाको संरक्षणलाई बढाउने, सांस्कृतिक आत्मविश्वासलाई अगाडि बढाउने, चिनियाँ संस्कृतिको प्रभावलाई बढाउने, सभ्यताको आदान-प्रदान सबल पार्ने, चिनियाँ संस्कृतिलाई विश्वमा अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।

हाल चीनका ४३ वटा परियोजनाले यूनेस्कोको गैर-भौतिक सांस्कृतिक सम्पदाको नामावलीमा प्रवेश पाएको छ र विश्वको पहिलो स्थानमा रहेको छ।