नेपालमा १० महिनामा हवाई यात्रुको संख्या १ करोडमाथि
2022-12-12 16:24:23cri
Share with:

नेपालमा पछिल्लो १० महिनाको अवधिमा हवाई यात्रा गर्ने यात्रुको संख्या १ करोड नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ वटा विमानस्थलबाट सन् २०२२ को जनवरी देखि अक्टोबरसम्म १ करोड १३ लाख ९१ हजार ८४६ जना यात्रुले जहाज चढेका छन् । यस अवधिमा त्रिभुवन विमानस्थलले मात्र २२ लाख २३ हजार ३३३ जना अन्तर्राष्ट्रिय उडान/अवतरणका यात्रु व्यवस्थापन गर्नु परेको छ ।

तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थल हुँदै १० लाख ७० हजार ८४४ जना यात्रु नेपाल भित्रिए। ११ लाख ५२ हजार ४८९ जना यात्रु बाहिरिएका छन् । त्रिभुवन विमानस्थलबाट १० महिनामा ४९ लाख १३ हजार ३५७ जना आन्तरिक उडान/अवतरणका यात्रु व्यवस्थापन गरिएको छ । जसमा १६ लाख २५ हजार ३४७ जना यात्रु काठमाडौं भित्रिएका छन् । ३२ लाख ८८ हजार १० जना यात्रु भने काठमाडौंबाट बाहिरिएका छन्।

गत जेठमा मात्र व्यवसायिक रुपमा सञ्चालनमा आएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट यस अवधिमा २१ हजार १६३ जना अन्तर्राष्ट्रिय उडान/अवतरणका यात्रु व्यवस्थापन गरिएको छ । जसमध्ये ११ हजार २०९ जना यात्रु भित्रिएका छन् । ९ हजार ९५४ जना यात्रु सो विमानस्थल हुँदै विदेशिएको तथ्यांक छ । यो विमानस्थलबाट १० महिनामा ५ लाख ८५ हजार ७३० जना यात्रुको व्यवस्थापन भएको छ । जसमध्ये १ लाख ९७ हजार २३७ जना यात्रु भित्रिएका छन् । २ लाख ८८ हजार ४९३ जना यात्रु अन्य विमानस्थलका लागि उडेका छन् ।

अनलाइन खबरका अनुसार १० महिनाको अवधिमा एयरक्राफ्ट मुभमेन्ट संख्या भने साढे दुई लाख भन्दा माथि रहेको छ । प्राधिकरणका अनुसार २ लाख ५९ हजार ५०८ वटा उडान नेपालका विमानस्थलहरुमा भएको छ । गौतमबुद्ध विमानस्थलमा १८१ वटा अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदा आन्तरिकतर्फ १० हजार ८१७ वटा उडान/अवतरण भएको तथ्यांक