केही दिनअघि चिनियाँ तिब्बतको शाननान शहरमा ४२औँ यालुङ सामाग्री आदानप्रदान मेला आयोजना भएको छ। जीवनस्तरको सुधार हुनुका साथै तिब्बती किसान तथा पशुपालकहरूको उपभोग धारणा र बानीमा क्रमशः परिवर्तन हुँदैछ।
शाननान शहरीय नाछो जिल्लामा आयोजित उक्त प्रदर्शनीमा पहाडी चिया, च्याउ लगायत पार्यावरणीय उत्पादनहरूले धेरै सर्वसाधारणलाई आकर्षित गरेका छन्। शाननान शहरीय मनसाइस्यौ विशेषतायुक्त उत्पादन कम्पनीका जिम्मेवार लोसाङका अनुसार, छोनान जिल्लाको पुलकौ पहाडी क्षेत्रको प्राकृतिक दृश्य सुन्दर हुनुका साथै वर्षभरि तापक्रम राम्रो हुने गर्दछ। त्यहाँ उत्पादित कृषि उत्पादनको गुणस्तर राम्रो भएकोले मूल्य पनि उच्च छ।
“पहिला तिब्बतका केही दूर क्षेत्रमा उत्पादन हुने पर्यावरणीय कृषि उपजबारे कम थाहा थियो। तर त्यसका प्रशस्त्र पर्यावरणीय मूल्य हुनुका साथै यातायात अवस्था निरन्तर सुधार भएका हुनाले क्रमशः उपभोक्तालाई आकर्षण गर्दैआएको छ।” जिम्मेवार लोसाङले चर्चा गर्नुभयो। उहाँको विचारमा, तिब्बतका विभिन्न जातीय सर्वसाधारणको जीवनस्तर सुधार हुनुका साथसाथै कृषि उत्पादनको गुणस्तरप्रति उनीहरूको माग पनि अझै बढेको छ। पहिला खानका लागि मात्र थियो र हाल बजारमा अझ उच्चस्तरीय तथा स्वस्थ्यकर उत्पादनको माग छ। त्यसैले पर्यावरणीय कृषि उत्पादनको बजार पनि क्रमशः बढ्दैछ। कम्पनीको स्थापनादेखि ५ वर्षमा विक्री रकम सालप्रति साल बढेको लोसाङले जानकारी दिनुभएको छ। ल्हासा, शाननानलगायत शहरमा उच्चस्तरीय उत्पादन ज्यादै लोकप्रिय छ।
गुणस्तरबाहेक तिब्बती सर्वसाधारणले मार्कामाथि झन् झन् महत्व दिंदैछ।
शाननान रूच्यु कृषि विज्ञान तथा प्रविधि कम्पनिको प्रदर्शन सीटमा शाननान शहरीय नाइतुङ क्षेत्रबाट आएको पासाङले एकपटकमा ५ केजीको तिब्बती सुँगुरको मासु किन्नुभयो। उहाँको परिवारले सधैँ बजारमा उक्त मार्काको सुँगुरको मासु किनेको छ। यद्यपि यो मार्काको मासु अलि महँगो भए तापनि गुणस्तर साँचिकै राम्रो भएको पासाङले भन्नुभयो।
शाननान शहरीय रूच्यु कृषि विज्ञान तथा प्रविधि कम्पनीको महानिर्देशक छ्याङपाका अनुसार, हाल उपभोक्ताले कृषि उत्पादन किनेको बेलामा मार्का मूल्याङ्कन गर्ने महत्वपूर्ण विषय पनि हो। त्यसैले मार्काको राम्रो छापको सुरक्षा गर्न उनीहरूले उत्पादनको गुणस्तर कडा रूपमा नियन्त्रण गरेका छन्। सुँगुरको मासुको गुणस्तरको नियन्त्रण गर्न कम्पनीले तिब्बती सुँगुरलाई मकैलगायतका आहारा दिनुका साथै प्रकृतिमा पशुपालन गरेको छ। “गुणस्तर राम्रो भएमा भने मार्काको राम्रो छाप हुनेछ र उपभोगको सुधार भएका सर्वसाधारणको माग पूरा गर्नेछ।” छ्याङपाले बताउनुभयो।