चिनियाँ नागरिकको सुरक्षा प्रत्याभूति गर्न चीन सरकारद्वारा अफ्गानिस्तान अन्तरिम सरकारलाई ताकिता
2022-12-13 18:14:44cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बलियो कदम चालेर अफ्गानिस्तानमा रहेका चिनियाँ नागरिक, एकाइ र कार्यक्रमको सुरक्षा प्रत्याभूति गर्न चीन सरकारले अफ्गानिस्तानी अन्तरिम सरकारलाई ताकिता गरेको व्यक्त गर्नुभएको छ।
१३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारअनुसार, १२ तारिख अफ्गानिस्तानको राजधानी काबुलमा चिनियाँ नागरिक बसेको एक होटेललाई अज्ञात सशस्त्र शक्तिले प्रहार गरेको थियो त्यसबाट ३ जना आतंककारी मारिए भने केही चिनियाँ नागरिक घाइते भएका थिए। अतिवादी संगठन आइएसआइएसको शाखाले उक्त गतिविधिको जिम्मेवारी लिएको छ। प्रवक्ता वाङ वनपिनका अनुसार, त्यसपछि अफ्गानिस्ताका लागि चिनियाँ राजदूतावासले अफ्गानिस्तानी अन्तरिम सरकारसँग गम्भीर कुराकानी गरी अफ्गानिस्तानमा बस्ने चिनियाँ नागरिक र एकाइको संरक्षणलाई बलियो पार्न आग्रह गरेको छ। चीनले अफ्गानिस्तानको सुरक्षा स्थितिमा उच्च ध्यान दिनुका साथै कुनै पनि किसिमको आतंकवादी तथा हिंसात्मक गतिविधिलाई प्रहार गर्ने अफ्गानिस्तानको प्रयासलाई चीनले समर्थन दिएको पनि उहाँले व्यक्त गर्नुभयो।