अर्थशास्त्रको विश्वकपमा नेपालले जित्यो ८ पदक
2022-12-14 15:22:37cri
Share with:

उच्च शिक्षा अथ्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ गराइएको ‘वल्र्ड इकोनमिक्स कप–२०२२’ प्रतियोगितामा नेपालले यसपटक कुल ८ वटा पदक जितेको छ। व्यक्तिगततर्फ ३ रजत र ५ काश्य पदक प्राप्त गरेकोमा सामूहिकतर्फ नेपालले ७ औं स्थान हासिल गरेको छ। अघिल्लो प्रतियोगिताभन्दा यसपाली नेपालले सुधार गरेको हो । अघिल्लो प्रतियोगितामा नेपालले व्यक्तीगतमा ५ पदक जितेको थियो भने समूहगतमा नवौं स्थान प्राप्त गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

कात्तिक २७ ( नोभेम्बर १३) मा सम्पन्न भएको प्रतियोगितामा ४२ देशका ५३ वटा समूह र २८६ जना प्रतिश्पर्धी सामेल थिए । तीन भागमा विभाजित प्रतियोगिता अनलाइन माध्यमबाट आयोजना गरिएको नेपाल इकोनमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो। अर्थशास्त्रबारे फन्डामेन्टल (आधारभूत) र डिप कप्रिहेन्सन (गहन बुझाइ तथा विश्लेषण) विधामा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गराइएको थियो । थिंकिंङ एन्ड इन्नोभनेस (सोचाइ र नवप्रवर्तन) शीर्षकमा समूहगत प्रतिस्पर्धा भएको थियो ।

व्यक्तिगतर्फत चैतन्यराज शाह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका छन् भने सागर भट्टराई, आर्जमणी कँडेल, अनुष्का सुवेदी, जिया पोखरेल र सुप्रद तखछे श्रेष्ठले काश्य पदक जितेका छन्। फन्डामेन्टल टप ३० विधाअन्र्तगत सागरले ९४ अंक प्राप्त गरी नवौं स्थान प्राप्त गरेका छन् भने अनुष्का र प्रज्जवल १८ औं स्थानमा आएका छन् । सुप्रद र जियाले ८९ अंक ल्याई २५ औं स्थान हासिल गरेको वल्र्ड इकोनमिक्स कपले जनाएको छ । डिप कप्रिहेन्सन विधामा चैतन्य २५ औं स्थानमा आएका छन् ।

वल्र्ड इकोनोमिक्स कपमा विद्यार्थीहरूलाई सहभागी गराउन नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेलेको थियो। यो इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो। इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो। सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले शुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउने गरेको छ।