कोप १५को दोस्रो चरणको सम्मेलनमा सकारात्मक प्रगति
2022-12-14 10:16:53cri
Share with:

डिसेम्बर १३ तारिख “जैविक विविधता सन्धि” सम्बन्धी पक्षहरूको १५औँ सम्मेलनको दोस्रो चरणको सम्मेलनले दोस्रो पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त सम्मेलनका अध्यक्ष एवम् चीनका पर्यावरण तथा वातावरण मन्त्री ह्वाङ रनछ्यौले उक्त पत्रकार सम्मेलनमा यस पटकको सम्मेलनले सकारात्मक प्रगति हासिल गरेको बताउँदै सधैँ नै कठिनाइ र चुनौती रहे तापनि उक्त सम्मेलनमा प्राप्त भएको “सन् २०२२ पछि विश्व जैविध विविधता प्रारुप” प्रति आशावादी रहेको बताउनुभएको छ।

ह्वाङले विभिन्न सम्बन्धित पक्षहरूलाई सदिच्छा र लचिलोपन देखाउन, अन्तर साँगुरो पार्न, विवादको समाधान गर्न र अन्तिम लक्ष्य प्राप्त गर्न आव्हान पनि गर्नुभयो।  

यस पटकको जैविध विविधता सम्मेलन डिसेम्बर ७ तारिखबाट शुरु भएको छ र १९ तारिखसम्म चल्ने छ।