परिवर्तन भएका र नभएका चिनियाँ महामारी नियन्त्रणका नीतिहरू
2022-12-15 15:15:43cri
Share with:

 हाल चीन सरकारले कोभिड-१९ महामारी नियन्त्रणका कदमहरू सार्वजनिक गरेको छ। त्यसमा जोखिम क्षेत्रहरूको वैज्ञानिक र सही विभाजन, अलगाव विधि अनुकूलन र समायोजन, वृद्धहरूको खोपलाई तीव्रता लगायत दश वटा विषय समावेश छन्। ती नयाँ दश विकल्प आएपछि महामारी नियन्त्रणको वैज्ञानिक तथा सटीक स्तरलाई अरू उकासिनेछ, जनजीवन सुरक्षा र सुस्वास्थ्यको सबभन्दा ठूलो हदसम्म संरक्षण गरिनेछ, आर्थिक तथा सामाजिक विकासमा महामारीको प्रभावलाई सबभन्दा ठूलो रूपमा घटाइनेछ। हाल पैचिङ, शाङहाइलगायत ठूला नगर र भित्री भूमिहरूमा अन्तर्क्षेत्रीय यातायात र ढुवानी सुचारू भएको देखिन्छ भने चीनको उत्पादन र जीवनको सामान्यीकरण हुँदैछ।

 चीनले किन यसै समयमा महामारी नियन्त्रण नीतिको संशोधन गरेको छ?यो नै लगभग ३ वर्षसम्म महामारीको प्रतिरोधबाट स्पष्ट उपलब्धि भएको आधारमा पछिल्लो महामारी स्थितिबारे चौतर्फी रूपमा विश्लेषण गरेपछि गरिएको तर्कसंगत छनौट हो। अर्को शब्दमा भनौँ कि चीनले लगभग ३ वर्षको प्रभावकारी महामारी नियन्त्रणबाट हालको नीति संशोधनको सुअवसर र शर्त पाएको छ।

 

विश्वव्यापी दृष्टिकोणबाट हेर्दा हरेक मुलुक वा क्षेत्रको महामारी नियन्त्रण नीति खुकुलो भएसँगै छोटो अवधिमा संक्रमित  संख्या ह्वात्तै बढेको, चिकित्सा स्रोत अभाव लगायत समस्या देखिन्छ। चीनको महामारी नियन्त्रण नीति परिवर्तन हुँदैछ। त्यसैले चीन पक्कै अनुकूलन अवधिमा प्रवेश हुन्छ। चीन सरकारले वृद्ध समूहलगायत सबै सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्नुका साथै श्रेणीबद्ध उपचार प्रणालीको सुधारलाई तीव्र पारी औषधि आपूर्ति र चिकित्सा स्रोतको तयारी गर्न केही नगरलाई आग्रह गरेको छ त्यसबाट पछिल्लो महामारी स्थितिअनुकूलन हुनुका साथै चीन महामारी नियन्त्रण क्रममा कहिल्यै  परिवर्तन नभएको प्रारम्भिक उद्देश्य अर्थात् जनता र जनजीवनलाई प्राथमिकतामा राख्ने विचार।

 हाल कोभिड-१९ महामारी सकिएको छैन भने महामारी नियन्त्रण प्रकृया पनि चलिरहनेछ। जनता र जनजीवनलाई प्राथमिकतामा राख्नुका साथै वैज्ञानिक तथा सही रूपमा तत्कालको स्थितिबमोजिम नीतिको संशोधन गर्छ जुन परिवर्तन भएका र नभएका चिनियाँ महामारी नियन्त्रणका नीतिहरू हुन्। यसरी अघि पाइला चालेर चीन अन्तिम सफलतातिर नजिकिँदैछ।