सी चिनफिङद्वारा १५औँ चीन-ल्याटिन अमेरिका उद्योग-व्यवसायीहरूको शिखर सम्मेलनलाई सम्बोधन
2022-12-15 09:30:17cri
Share with:

डिसेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५औँ चीन-ल्याटिन अमेरिका उद्योग-व्यवसायीहरूको शिखर सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनले बाह्य खुलापनको आधारभूत राष्ट्रिय नीति पालना गर्ने पारस्परिक हित र साझा विजयी रणनीति पालना गर्ने, अर्थतन्त्रको विश्वव्यापीकरणको सही दिशालाई कायम राख्ने, चीनको नयाँ विकासमार्फत विश्वलाई नयाँ अवसर दिने, खुलामूखी विश्व अर्थतन्त्रलाई अगाडि बढाउने तथा ल्याटिन-अमेरिका क्यारेबियन मुलुकलगायतको विभिन्न मुलुकका जनतालाई लाभ दिने बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन-ल्याटिन अमेरिका उद्योग-व्यवसायीहरूको शिखर सम्मेलनले स्थापना भएको १५ वर्षयता चीन र ल्याटिन अमेरिकाको आर्थिक तथा व्यापारिक सहयोग बढाउन, चीन र ल्याटिन अमेरिकाको जन र सँस्कृतिको आदान-प्रदान सबल पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो।