गिग अर्थतन्त्रद्वारा अझ धेरै रोजगारी प्रदान गरिएको
2022-12-15 14:49:41cri
Share with:


सन् २०२२ दोस्रो चिनियाँ गिग अर्थतन्त्र शिखर सम्मेलन १६ तारिख क्वाङ चौमा आयोजना हुँदैछ। गिग अर्थतन्त्र परम्परागत काम भन्दा फरक र एक किसिमको छोटो समय लाग्ने तथा लचिलो काम तरिका हो। इन्टरनेट र मोबाइल प्रविधिबाट द्रुत गतिले माग र आपूर्ति दिने दुई पक्षलाई जोडिएको छ। केही वर्षयता टेकआउट डेलिभरीअनलाइन सवारी-हेलिङ चालकनेटवर्क एंकर आदि लचिलो काम धेरैभन्दा धेरै चिनियाँ युवाहरूले छानेको काम हो। यसका साथै गिग अर्थतन्त्रले अपांग मानिसकालागि काम खोज्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

चिनियाँ जन शक्ति र सामाजिक संरक्षण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसारसन् २०२१ मा चीनमा लचिलो रोजगारी भएको जनसंख्या २० करोड पुगेको छ। सम्बन्धित संस्थाको अनुमानअनुसारसन् २०३६ सम्म चीनमा गिग अर्थतन्त्रसम्बन्धी अभ्यासकर्ताको संख्या ४० करोड पुग्ने छ।