चीनले ३ वर्षसम्म एकजुट भएर महामारी विरूद्ध गरेको कारण के हो?
2022-12-16 16:58:22cri
Share with:

धेरैले सोध्छन् कि भाइरसलाई मार्न सकिन्न, तर चीनले ३ वर्षसम्म एकजुट भएर महामारी प्रतिरोध गर्नुको कारण के हो?उत्तर यही हो कि अझ राम्रो विकासलाई साकार तुल्याउनु।
 
लगभग ३ वर्षयता चीनका चिकित्सा र महामारी नियन्त्रण प्रणालीले महामारी परीक्षाको सामना गरेका छन् साथै आर्थिक तथा सामाजिक विकासलाई पनि सबभन्दा ठूलो हदसम्म स्थिर पारेका छन्।
 
सन् २०२० मा चीनले सबभन्दा अगाडि महामारी नियन्त्रण गरी उत्पादनको पुनरूत्थान गरेको थियो र विश्वमा सकारात्मक वृद्धिको एक मात्र प्रमुख आर्थिक समूह बनेको थियो। सन्२०२१ मा चीनको कूल आर्थिक मात्रा ११४४ खर्ब चिनियाँ युआन पुगेको थियो भने विश्व आर्थिक मात्राको १८ प्रतिशतभन्दा बढी भएको थियो। सन् २०२२ मा चीनको जीडीपीको स्थिर पुनरूत्थान प्रवृत्ति कायम भएर आर्थिक तथा सामाजिक विकास अवस्था झनै स्थिर भएको देखिएको छ।
विशेष गरी केही दिनयता चीनका विभिन्न क्षेत्रमा महामारी नियन्त्रण नीति खुकुलो पारिएको छ भने उत्पादन पुनरूत्थानलाई बढाएर बजारको जैविक शक्ति पनि स्पष्ट रूपमा देखिएको छ।
महामारी फैलिएको ३ वर्षयता बाह्य वातावरण स्थिर छैन, तर चीनले जोखिम अवस्थामा पनि आशा खोजिरहेको छ साथै अस्थिर वातावरणमा पनि बढी साथी बनाएको छ।