जैविक विविधता संरक्षणमा चीनको सक्रियता
2022-12-17 16:54:19cri
Share with:

१५ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत् क्यानडाको मोन्ट्रियलमा आयोजित कोप-१५ दोस्रो चरणको उच्च स्तरीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।
 
उहाँले मानव र प्रकृतिबीचको मेलमिलापयुक्त सहअस्तित्व, पृथ्वी भाग्य समुदाय, सफा तथा सुन्दर विश्वको रचना गर्न संयुक्त पहल गर्नका लागि आग्रह गर्नुका साथै त्यसबारे चार वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि सचिवालयका कार्यकारी सचिव इलिजावेथ मुरिमाले सन् २०२० पछि विश्व जैविक विविधता प्रारूप वार्ताको लागि राष्ट्राध्यक्ष सी चिनफिङको उक्त सम्बोधनको निकै बलियो तथा महत्वपूर्ण निर्देशन रहेको धारणा व्यक्त गर्नुभयो।
 
कोप - १५ संयुक्त राष्ट्र संघले पहिलो पटक पारिस्थितिकीय सभ्यताको प्रमुख विषयको रूपमा आयोजना गरेको विश्वव्यापी सम्मेलन हो। गत वर्षको अक्टोबरमा कोप-१५ को पहिलो सम्मेलन चीनको खुनमिङ नगरमा आयोजना गरिएको थियो। उक्त सम्मेलनले खुनमिङ घोषणा पत्र पारित गरी पृथ्वी भाग्य समुदायको संयुक्त रूपमा रचना गर्न विभिन्न पक्षलाई आह्वान गरेको थियो। एक वर्षपछि चीनले दोस्रो चरणको सम्मेलनमा निरन्तर रूपमा अध्यक्षता गरेको छ। बाह्य क्षेत्रको सामान्य अपेक्षा छ कि चीनको समन्वय र प्रवर्द्धनमा सम्मेलनले विभिन्न पक्षबीच सहमति सम्पन्न गरी विश्व जैविक विविधताको संरक्षणलाई अघि बढाउन सक्नेछ।
 

विगत १० वर्षमा चीन विश्वमा वनस्पति स्रोत वृद्धि भएको र कृत्रिम वन क्षेत्रफल सबभन्दा ठूलो भएको मुलुक हो। यस्तै अन्तर्राष्ट्रिय सिमसार नगर सूचिमा राखिएकोमध्ये सबभन्दा ठूलो मुलुक पनि चीन नै हो। साथै चीनमा विश्वमा सबभन्दा ठूलो राष्ट्रिय पार्क प्रणालीको रचना भइरहेको छ। ती उपलब्धिबाट चीनले पारिस्थितिकीय सभ्यताको निर्माण र जैविक विविधताको संरक्षणलाई बढाउनका लागि गरिरहेको प्रयासलाई इंगित गरिएको छ।
 
यसअघि सम्पन्न भएको सीपीसी २०औँ महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरण निर्माणलाई चौतर्फी रूपमा बढाउनेमा जोड दिइएको थियो। तीमध्ये मानव र प्रकृति मेलमिलापयुक्त सहअस्तित्व चिनियाँ शैली आधुनिकीकरणका पाँच वटा आधारभूत विशेषतामध्येको एक हो। राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार, भविष्यमा चीनले पारिस्थितिकीय सभ्यता निर्माणलाई अरू बढाएर विकासोन्मुख मुलुकलाई सकेसम्म समर्थन र सहयोग प्रदान गर्ने व्यक्त गर्नुभयो। अफ्रिकी कार्बन लेनदेन केँन्द्रका अध्यक्ष विलिसले चीन मानव भाग्य समुदायको रचना गर्ने उचाइमा उभिएर विश्व जैविक विविधता व्यवस्थापनमा गहिरो रूपमा संलग्न भएको विचार व्यक्त गर्नुभयो।