चीनको दीगो विकास उपलब्धि विश्वमा नेतृत्वदायी रहेको संयुक्त राष्ट्र संघका अधिकारीको भनाइ
2022-12-17 16:56:05cri
Share with:

 
सीएमजीको “विश्व कार्य पहल—२०२२ विश्व विकास जारी” विशेष कार्यक्रम १६ तारिख दोस्रो दिन प्रवेश गरेको छ। संयुक्त राष्ट्र संघका उपमहासचिव आमिना मोहामेदलगायत अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरूले चीनको दीगो विकासको सक्रिय मूल्याङ्कन गरेका छन्।
 
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिम स्टिनरले जैविक विविधताको संरक्षण, पारिस्थितिकीय प्रणालीको सुधार आदि क्षेत्रमा चिनियाँ प्रयासको प्रशंसा गर्नुका साथै अन्तर्राष्ट्रिय समूहमा चीनको नेतृत्वदायी भूमिकाको सक्रिय मुल्याङ्कन गर्नुभयो। उहाँले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग सहकार्य गरेको ४० वर्षमा चीनले धेरै विकासोन्मुख मुलुकको सहयोग-साझेदार बनेको भन्दै विश्व विकास पहलमा सक्रिय रूपमा संलग्न हुनुका साथै अरू विकासोन्मुख मुलुकलाई हरित रूपान्तरणमा समेत सहयोग गरिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, भन्नुभयो।
 
संयुक्त राष्ट्र संघका स्थायी उपमहासचिव एवं दीगो विकास दलका अध्यक्ष आमिना मुदामेदले ठूलो मात्रामा गरिब परिवारलाई जोगाएर रोजगार प्रदान गर्ने चीनको अनुभव अन्तर्राष्ट्रिय समूहले सिक्नलायक भएको व्यक्त गर्नुभयो।