चीनको आर्थिक कार्य सम्मेलनबाट विश्वलाई प्राप्ति के?
2022-12-18 15:59:59cri
Share with:

 डिसेम्बर १५ र १६ तारिख चीनको वार्षिक केन्द्रिय आर्थिक कार्य सम्मेलन पैचिङमा आयोजना भएको छ। सम्मेलनले यस वर्षको आर्थिक कार्यबारे संक्षेपीकरण गर्ने, वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्ने, सन् २०२३ आर्थिक कार्यको निर्देशन गर्ने लगायतका काम गरेको छ। सम्मेलनले आगामी वर्ष स्थिरतालाई प्राथमिकतामा राखेर स्थिरता भएसँगै विकास गर्ने मार्गनिर्देशन गरेको छ भने आर्थिक विकासको समष्टिगत सुधार भएर गुणस्तरीय विकासलाई बढाउने आग्रह गरेको छ। जसबाट आगामी वर्षको आर्थिक कार्यलाई निश्चित दिशानिर्देश भएको छ भने विश्वका लागि सक्रियता देखाएको छ।
 
सम्मेलनले आर्थिक संचालनलाई समष्टिगत सुधार गर्न अघि बढाउने धारणा प्रकट गरेको छ साथै ३१ पटक गरी स्थिरता भन्ने भावना उल्लेख गरेको छ यसबाट विश्वलाई मूल्यवान विश्वास प्रदान गरिएको छ। अनुसन्धानका अनुसार, विभिन्न प्रभाव परेपछि सन् २०२२ मा विश्वको आर्थिक बृद्धि सुस्त भएको छ भने सन् २०२३ मा विश्व आर्थिक अवस्था अझ कमजोर देखिन्छ। हाल विश्व बैङ्कले सन् २०२३ विश्व आर्थिक वृद्धि प्रक्षेपणलाई गत जुनको लगभग ३ प्रतिशतदेखि १.९प्रतिशतसम्म घटाएको छ।
यो पृष्ठभूमिमा विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनको स्थिर आर्थिक संचालन अत्यन्तै महत्वपूर्ण देखिएको छ।


खुलापन नै यस सम्मेलनले देखाएको अर्को स्पष्ट सूचना हो। सम्मेलनले उच्च स्तरीय वैदेशिक खुलापनलाई अघि बढाएर वैदेशिक लगानीलाई भित्र्याउने कुरा दोहोर्याएको छ। हालै जर्मन चेम्बर अफ कमर्स र चीनको अस्ट्रेलिया चेम्बर अफ कमर्सले गरेको जनमत अनुसार, सर्वेक्षणमा भाग लिएका धेरैजसो व्यवसायले चीन बजारको मौका र लाभबारे आशावादी रहेको बताएका छन्।
 
चीन विश्वसँग अलग भएर विकसित हुन सक्दैन भने विश्वको विकासका लागि पनि चीन चाहिन्छ। यस वर्षको अन्तमा आयोजित यस केन्द्रिय आर्थिक कार्य सम्मेलनले विश्वलाई चिनियाँ अर्थतन्त्रको कठोरता, बजार संभावना, नवीन सिर्जनाको जैविक शक्ति र खुलापनको साहस देखाएको छ। चिनियाँ शैलीको आधुनिकीकरण स्थिर भएमा विकास हुनेछ भने त्यसबाट विश्वलाई पनि अरू बढी मौका प्रदान गरिनेछ।