चीनद्वारा डिजिटल अर्थतन्त्रको विकास गरेर विश्वलाई नयाँ मौका दिइएको
2022-12-19 14:43:26cri
Share with:

हालै चीनमा आयोजित केन्द्रिय आर्थिक कार्य सम्मेलनले डिजिटल अर्थतन्त्रको विकास गरेर व्यवसायी निगरानी स्तरलाई उकासी मुख्य उद्योगको विकास गर्नुकासाथै रोजगारीको सिर्जना गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेकोमा समर्थन गर्नुपर्ने औँल्याएको छ। विश्व व्यवसायी बनौट र व्यवस्थापन परिवर्तन गर्ने क्रममा उत्पन्न भएको मौकाला समातेर नयाँ विकास गर्नुपर्ने पनि सम्मेलनमा उल्लेख गरिएको छ।

तथ्याङ्कको अनुसारसन् २०१२ देखि २०२१ सम्म चीनको डिजिटल अर्थतन्त्रको परिमाण ११० खर्बबाट ४५० खर्ब चिनियाँ युआनसम्म बढेको छ। डिजिटल अर्थतन्त्रले जीडीपीमा ओग्टेको अनुपात २१.६ प्रतिशतबाट ३९.८ प्रतिशतसम्म वृद्धि भएको छ।

यसका साथै चीनले सक्रिय रूपमा द्वीपक्षीय बहुपक्षीय डिजिटल सुशासन र सहयोग गर्दै विश्व डिजिटल सुशासनमा भूमिका निर्वाह गरेको छ। सन् २०१६ जी २०को वर्तमान अध्यक्ष मुलुकको रूपमा चीनले२० मुलुक समूह डिजिटल आर्थिक विकास र सहयोग प्रस्तावतय र सार्वजनिक गरेको थियो।