दक्षिण अफ्रिकी नागरिकको चीन बसाइको कथा-२
2022-12-19 16:09:24CRI
Share with:

विद्यार्थीहरुले तु आन रुईको पाठ्यक्रमको धेरै स्वागत गरेका छन्। उहाँको कक्षामा खाली सीट हुँदैन। नयाँ युगमा चीनका धेरै उत्कृष्ट परम्परागत संस्कृतिहरुको अरु राम्रोसँग विकास हुँदै आएकोमा तु आन रुई आश्चर्यचकित हुनुभयो। 
विश्वमा देखा परेका धेरै समस्या निम्न धारणाबाट उत्पन्न भएको छ, निकै धनी र एकदम सफल मान्छेलाई प्राथमिकता दिइनुका साथै सर्वसाधारणलाई पछाडिको स्थानमा राखिनु हो। तथापि चीनको धारणा “जनतालाई केन्द्रमा राखिनु, जनताका लागि सेवा प्रदान गरिनु” हो, जुन वर्तमान चीनका सबैभन्दा महत्त्वपूर्ण मूल्य धारणाहरुमध्येको एक हो।

विगत ७ वर्षसम्म तु आन रुईले चीनका शन चन, क्वाङ चौ, हाङ चौ, सु चौ, छ्वान चौ, चङ चौ, लिन यी, क्वै याङ, छङ तु र छोङ छिङ लगायत चीनका धेरै ठाउँ घुम्नुभएको छ। यस क्रममा उहाँ चीनको विभिन्न क्षेत्रमा भएको विकासका साक्षी बन्नुभएको छ।
चीन बसाइको ७ वर्षको अवधिमा मलाई अझ बढी खुसी लागेको छ। यहाँको जीवन आनन्द र सुखी छ। चीनको सुरक्षाले पनि मेरो मनमा गहिरो छाप परेको छ। मेरो विचारमा विश्वमा सबैभन्दा सुरक्षित मुलुकहरुमध्येको एक चीन हो। यसका साथै चिनियाँ समाज निकै स्थिर रहेको छ भने सार्वजनिक सेवा एकदम राम्रो छ। चिनियाँहरु सुखमय जीवन विताउँदै काम गर्छन्।

भविष्यबारे चर्चा गर्दा तु आन रुईले चीन-अफ्रिका डिजिटल आर्थिक सहयोगको अध्ययन गरी दक्षिण अफ्रिकाका अरु बढी गुणस्तरीय बस्तुहरुलाई चिनियाँ बजारमा भित्र्याउने योजना बनाउनुभएको छ। चीन र विदेशका संस्कृति आदान-प्रदान गर्ने प्रतिनिधि बनेर साँचो चीनबारे चौतर्फी रुपमा विश्वलाई जानकारी दिने उहाँको आशा छ।
चीनबारे विश्वलाई धेरै जानकारी छैन। किनभने विदेशीहरु स्थानीय सञ्चार माध्यमबाट मात्र चीनबारे जानकारी लिन सक्छन्, तर पश्चिमा माध्यमले देखाएको साँचो चीन होइन। मेरा बुवा आमा र दाजु दक्षिण अफ्रिकामा बस्नुहुन्छ। उहाँहरु हरेक दिन सीजीटिएन हेर्नुहुन्छ। उहाँहरु यस्तो तरिकामार्फत चीनको विकासलाई ध्यान दिनुहुन्छ। मेरो विचारमा यो एउटा राम्रो तरिका हो। चीनमा बस्ने एक जना विदेशीको रुपमा विदेशी सञ्चार माध्यममार्फत विदेशीहरुसँग मेरो जीवनको उपभोग गर्नु मेरो जिम्मेवारी हो। 

तु आन रुईको आँखामा चीनको भविष्य उज्यालो हुने छ र विश्वको विकाससँग चीन अलग रहने छैन।
चीन अझ राम्रो हुने मेरो विश्वास छ। चीनको विकास विश्वको स्थिरता र विकासका लागि एकदम महत्त्वपूर्ण छ। विश्वको समृद्धि चीनसँग सम्बन्धित छ। अहिले विश्वले चीनलाई नजर पुर्‍यायँदै छ। चीनमा बस्न र काम गर्न पाएकोमा म धेरै खुसी छु।