चिनियाँ जेट विमान एआरजे २१ पहिलोपटक विदेशी बजारमा प्रवेश
2022-12-20 10:50:13cri
Share with:

चीन आफैँले अध्ययन, अनुसन्धान तथा निर्माण गरेको जेट विमान एरजे २१ को औपचारिक रूपमा पहिलो विदेशी ग्राहक इन्डोनेसिया ट्रान्सनुसा एयरलाइन भएको छ। योसँगै चीनको जेट विमान पहिलो पटक विदेशी बजारमा प्रवेश भएको छ।

रजे २१ चीनले अध्ययन तथा निर्माण गरेको मध्य छोटो दूरीको जेट विमान हो। यसको उड्ने दूरी २२२५ किलोमिटरदेखि ३७००किलोमिटरसम्म रहेको छ। इन्डोनेसियामा धेरै टापु भएकाले यस्ता मध्य छोटो दूरीको जेट विमानसँग विशाल बजारको निहीत शक्ति रहेको छ। अहिले बजारमा रहेका सबै किसिमका जेट विमानमध्ये रजे २१ सँग प्रशस्त ठाउँ उपलब्ध भएकोले यात्रीलाई अझ राम्रो अनुभव प्रदान गरिने छ।

रजे २१ सन् २०१६ मा औपचारिक रूपमा चीनको हवा बजारमा प्रवेश भएको थियो। हालसम्म ३०० भन्दा बढी उडान लाइनमा सञ्चालन भएर १०० भन्दा बढी सहरलाई जोडेर सुरक्षित रूपमा ५६ लाख यात्रीलाई गन्तव्यसम्मको यात्रा गराइएसकेको छ। ग्राहकको आवश्यकता अनुसाररजे २१ मा सुधार पनि भइरहेको छ। हाल एरजे २१ का चिकित्सा विमानढुवानी विमानआगो निभाउने विमान आदि विभिन्न शैलीका जेट विमानको अध्ययन, अनुसन्धान भइरहेका छन्।