चीनद्वारा विश्वका लागि उच्च स्तरीय खुलापनमार्फत आर्थिक विश्वव्यापीकरणका लागि नयाँ प्ररेक शक्ति थपियो
2022-12-20 10:30:50cri
Share with:

 

चीनले हालै आयोजना गरेको केन्द्रीय आर्थिक कार्य सम्मेलनका अनुसार, जोडतोडकासाथ विदेशी लगानी भित्र्याउने र त्यसको राम्रोसँग उपयोग गर्नुपर्ने छ। विश्वका लागि उच्च स्तरको खुलापनलाई अघि बढाउनुपर्ने छ र व्यापारिक लगानीको गुणस्तरमाथि उकास्नुपर्ने छ।

 

चालू वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनले उपयोग गरेको विदेशी लगानीको रकम १० खर्ब ८९ अर्ब ८६ करोड चिनियाँ युआन पुगेको छ। तीमध्ये उच्च प्रविधि सम्बन्धी उद्योगमा उपयोग गरिएको विदेशी लगानीको रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.७ प्रतिशतले वृद्धि भएको छ।

 

नयाँ युगमा चीनले अरु सक्रिय खुलापन नीतिको अवलम्बन गर्दै आएको छ। अहिले विश्वका १४० भन्दा बढी मुलुक र क्षेत्रका पहिलो व्यापारिक साझेदार मुलुक बनेको छ।