आठ वर्षपछि अफ्रिकाप्रतिको अमेरिकी वचनबद्धताको पालना हुने छ की?
2022-12-20 10:37:11cri
Share with:

“मुख्य कुरा के हो भने एक महिना अथवा एक वर्षपछि मानिसहरुले के विषयको सम्झना गर्न सक्ने छन्, र के वचनबद्धताको पालना गरिएको छ।” अमेरिकाले हालै आयोजना गरेको दोस्रो अमेरिका-अफ्रिका शिखर सम्मेलनबारे चर्चा गर्दा अमेरिकाको एटलान्टिक परिषद अन्तर्गत अफ्रिका केन्द्रका विद्वान हरुबीले यसरी मूल्याङ्कन गर्नुभएको छ।

 

आठ वर्षपछि अमेरिकाले अमेरिका-अफ्रिका शिखर सम्मेलनको आयोजना गरेको हो। अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन, विदेश मन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय रक्षा मन्त्री एललाइट आउस्टिन यस शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। अफ्रिकाका ४९ मुलुक तथा अफ्रिकन युनियनका नेताहरु वाशिङ्टन जानुभएको थियो। बाइडेन सरकारले आगामी ३ वर्षमा अफ्रिकालाई कम्तीमा ५५ अर्ब अमेरिकी डलरको लगानी गर्ने योजना बनाएको छ।

 

तथापि तीन दिनसम्म चलेको सो सम्मेलन विवाद र आशङ्कासहित सम्पन्न भएको छ। सामाजिक माध्यममा “५५ अर्ब अमेरिकी डलरको लगानी गर्ने हो की? अमेरिकाले आफ्नो ऋण अधिकतम स्तरमा पुगेको विर्सेको हो कि?” जस्ता टिप्पणी गरिएको छ।

दोस्रो विश्व युद्ध सम्पन्न भएपछि अमेरिकाले अफ्रिकालाई ध्यान दिँदै आएको देखिँदैन। विगत केही वर्षयता अमेरिका-अफ्रिका सम्बन्ध अझ बिग्रँदै आएको छ। तथापि अहिले अमेरिकाले आकस्मिक रुपमा आफ्नो अडान परिवर्तन गरी अफ्रिकालाई महत्त्व दिने दाबी गरेको छ। त्यसैले अफ्रिकी जनताले त्यसमाथि शंका गरेको छ। वर्तमान अफ्रिकाका लागि सबैभन्दा चाहिने कुरा भनेको ठूला मुलुकको हार्दिक सहायता हो। अमेरिकाले अफ्रिकाका लागि अरु बढी वास्तविक कुरा गरी आफ्नो गतिविधिमार्फत अफ्रिकाको विश्वास जित्नुपर्ने ब्लुमबर्ग न्युजले टिप्पणी गरेको छ।