राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जर्मनीका राष्ट्रपति स्टेनमेयरसँग टेलिफोन वार्ता
2022-12-21 11:56:34cri
Share with:

डिसेम्बर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जर्मनीका राष्ट्रपति स्टेनमेयरसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले यो वर्ष चीन र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव भएको तथा यो वर्ष चीन-जर्मनी सम्बन्धमा निकै महत्त्वपूर्ण वर्ष भएको औँल्याउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले आगामी दिनमा चीन-जर्मनी सम्बन्धको विकासबारे तीनवटा विचार राख्नुभएको छ:

 

पहिलो, दुवै पक्षले सही आधारभूत बुझाइलाई पालना गर्नुपर्छ। चीन र जर्मनी सधैँ संवाद, विकास, सहकार्य र विश्वव्यापी चुनौतीहरूको सामना गर्ने साझेदार हुन्।

 

दोस्रो, चीन-जर्मनी सहकार्य व्यावहारिक रूपमा खुला छ, जुन दुई पक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो।

 

तेस्रो, चीन-युरोपेली संघ सम्बन्धको स्वस्थ र स्थिर विकास गर्न चीन र जर्मनीले संयुक्त प्रयास गर्नुपर्ने कार्य हो।

 

राष्ट्रपति स्टेइनमेयरले राष्ट्राध्यक्ष सी चिनफिङसँग फोन-वार्ता गर्नपाएकोमा आफू निकै खुसी भएको बताउनुभयो। विगत ५० वर्षदेखि जर्मनी र चीनबीचको सम्बन्ध झनै घनिष्ट भएको र दुई पक्षीय सहकार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको तथा जनताहरूलाई फाइदा पुर्याइएको पनि उहाँले व्यक्त गर्नुभयो।

 

साथै, दुवै पक्षले युक्रेन संकटबारे पनि वैचारिक आदान-प्रदान गरेका थिए।