चिनियाँ राष्ट्राध्यक्ष सी र अस्ट्रेलियाली गभर्नर तथा प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान
2022-12-21 15:10:34CRI
Share with:

चीन तथा अस्ट्रेलिया बीचको दौत्य सम्बन्ध स्थापित भएको ५० औं वार्षिकोत्सवका उपलक्ष्यमा डिसेम्बर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा अस्ट्रेलियाली गभर्नर डेभिड जोन हर्ले र प्रधानमन्त्री एन्थोनी अल्बानेसबीच बधाई सन्देश आदानप्रदान भएको छ।

सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले यसरी भन्नुभएको छः चीन–अस्ट्रेलिया सम्बन्धको विकासमा ठूलो महत्व दिइरहेको छु र दौत्य सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सको अवसरमा, पारस्परिक सम्मान, लाभ र साझा जीतको सिद्धान्तको पालना गर्दै जाने इच्छा लिएको छु। चीन–अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको दिगो विकासको प्रबर्द्धन गर्न र दुई देश तथा जनताको हित कल्याणको सिर्जना गर्दै जानको लागि अष्ट्रेलियासँग मिलेर काम गर्ने आशा पनि म लिएको छु।

सन्देशमा अस्ट्रेलियाली गभर्नर हर्लेले यसरी जनाउनुभएको छः ५० वर्षअघिको ऐतिहासिक निर्णयले अस्ट्रेलिया–चीन सम्बन्धको विकासका लागि मार्ग प्रशस्त गरेको छ र यसले दुवै देशको लागि विकास र अवसर ल्याएको छ। आगामी दिनमा अस्ट्रेलियाली पक्षले चीनसँग पारस्परिक सम्मान र लाभको भावनाका साथ व्यापक रणनीतिक साझेदारी सम्बन्ध कायम राख्दै स्थिर र रचनात्मक सम्बन्ध विकास गर्न अस्ट्रेलिया प्रतिबद्ध छ।

सोही दिन चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीससँग  बधाई सन्देश आदानप्रदान गर्नुभयो।