चीनका धेरै ठाउँका आर्थिक तथा व्यापारिक टोलीहरु चारटर विमानद्वारा विदेशमा अवसरको खोजी गर्दै
2022-12-21 11:10:22cri
Share with:

 

हाल महामारीको प्रतिरोध र नियन्त्रण सम्बन्धी नीति परिवर्तन भएको सिलसिलामा चीनका धेरै ठाउँका विविध व्यवसायमा संलग्न आर्थिक तथा व्यापारिक टोलीहरु चारटर विमानद्वारा विदेशमा अवसर खोज्दै छन्। क्वाङ तोङ, च च्याङ, च्याङ सु, फु च्यान, स छ्वान, हु नान, हाई नान, शान तोङ र आन ह्वै लगायतका ९ प्रान्तले वैदेशिक व्यापार गर्ने व्यवसायहरुलाई विदेशमा “माग फारामबारे छलफल गरी बजारको विस्तार गर्न” खटाएका छन्।

 

च च्याङ प्रान्तको निङ पो शहरले चालू वर्षको जुलाई महिनादेखि चारटर विमानद्वारा सम्बन्धित व्यवसायीहरुलाई विदेशमा माग फाराम मगाउन खटाएको थियो। त्यसका गन्तव्य मुलुकहरुमा इटाली, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स र जापान समावेश छन्। यी देशहरुसँग हस्ताक्षरित माग फारामको कूल रकम करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।