खुनमिङ-मोन्ट्रियल विश्व जैविक विविधता प्रारूपबाट पुनरुत्थान अघि बढ्ने
2022-12-21 15:15:51CRI
Share with:

स्थानीय समयअनुसार, डिसेम्बर १९ तारिख बिहान सबेरै संयुक्त राष्ट्रसंघीय जैविक विविधता सन्धिका पक्षहरूको पन्ध्रौं सम्मेलनको दोस्रो चरण अर्थात् "खुनमिङ–मोन्ट्रियल विश्व जैविक विविधता प्रारूप"मा सहमति भएको छ। डिसेम्बर २० तारिखका दिन मोन्ट्रियलमा आयोजित पत्रकार सम्मेलनमा सो सम्मेलनका अध्यक्ष ह्वाङ  रुनछ्यौले सम्मेलनबारे जानकारी दिनुभएको छ। 

ह्वाङले जानकारी दिनुभए अनुसार, जैविक विविधता सन्धिका सम्बद्ध पक्षहरूको १५ औँ सम्मेलनको दोस्रो चरण सफलतापूर्वक आयोजित भएको छ र सन्धिका लगभग ४० पक्ष राष्ट्रहरूले शृङ्खलाबद्ध महत्वपूर्ण कार्यहरू र प्रतिबद्धता सार्वजनिक गरेका छन्। दोस्रो चरणमा जम्मा गरी ६२ वटा निर्णयहरू पारित भएको छ, विशेष गरी ऐतिहासिक दस्तावेज—“खुनमिङ-मोन्ट्रियल विश्व जैविक विविधता प्रारूप”। 

"यो "प्रारूप" मार्फत् भावी पुस्ताका लागि स्वच्छ र सुन्दर संसार छोड्छौँ भन्ने आशा र भविष्य हामीले देखेका छौं, सम्मेलनका अध्यक्ष ह्वाङले भन्नुभयो। 

प्राप्त जानकारी अनुसार, जैविक विविधता सन्धिका पक्षहरूको पन्ध्रौँ सम्मेलनका दुई वटा चरण छन्। सम्मेलनको पहिलो चरण सन् २०२१मा चीनको खुनमिङमा सफलतापूर्वक सम्पन्न भएको थियो। दोस्रो चरणको बैठक यही डिसेम्बर ७-१९ सम्म मोन्ट्रियलमा सम्पन्न भएको हो।