"एपेक मझौला ससाना उद्यमको सहयोग विकास प्रतिवेदन (२०२२)" जारी
2022-12-22 14:56:25CRI
Share with:

"एपेक मझौला साना उद्यमको सहयोग विकास प्रतिवेदन (२०२२)" डिसेम्बर २१ सार्वजनिक गरिएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत मझौला ससाना उदमको विकास प्रवर्द्धन केन्द्र र व्यावसायिक अनुसन्धान संस्थाहरूले लेखेको सो प्रतिवेदन एशिया प्रशान्त आर्थिक व्यापारिक सहयोग संगठनको मझौला साना बिजनेस मञ्चमा जारी गरिएको हो। हालसम्म एपेकका अर्थव्यवस्थाहरू व्यवस्थित रूपमा सुधार भएका र क्षेत्रीय सहयोग अधिक सक्रिय भएको सो प्रतिवेदनमा देखाइएको छ। 

सो प्रतिवेदनअनुसार, सन् २०२२को पूर्वार्धमा विश्वभरिका विमानस्थलहरूमा बाहिरिने उडानको वास्तविक संख्या करिब १.२६ करोड थियो जुन सन् २०२१को सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो। तीमध्ये, आउटबाउन्ड उडानहरूको संख्या अघिल्ला ५० स्थानमा रहेका विमानस्थलहरूमध्येका ६६% एपेकका अर्थव्यवस्थाहरूमा छन्। सन् २०२१ मा एपेकका २१ अर्थतन्त्रको कुल आयात र निर्यात व्यापार परिमाण सन् २०२० को सोही अवधिको तुलनामा बढी भयो भने आधाभन्दा बढी अर्थतन्त्रको कुल आयात र निर्यात व्यापार परिमाण सन्२०१९को सोही अवधिको तुलनामा बढी भएको जनाइएको छ।