आठ वर्षपछि चिनियाँ कूटनीतिज्ञहरुद्वारा येमनको भ्रमण
2022-12-22 14:04:51cri
Share with:

चिनियाँ कूटनीतिज्ञ प्रतिनिधि मण्डलले डिसेम्बर २० तारिखदेखि २२ तारिखसम्म येमनको आदेनको भ्रमण गरेको छ। चिनियाँ कूटनीतिज्ञको अघिल्लो पटकको भ्रमण २,८२३ दिनअघि भएको थियो। आठ वर्षपछि चिनियाँ कूटनीतिज्ञहरुले येमनको भ्रमण गरेका छन्।

 

यस भ्रमण अवधिमा चिनियाँ कूटनीतिज्ञ प्रतिनिधि मण्डलले धेरै कूटनीतिक गतिविधि गरेको छ। प्रतिनिधि मण्डलले आदेनस्थित येमनको विदेश मन्त्रालयको नयाँ स्थलको अवलोकन गर्दै येमनका प्रधानमन्त्री माइन साइद तथा धेरै महत्त्वपूर्ण अधिकृतहरुसँग भेट वार्ता गरी चीन-येमन मित्रता र दुई देश बीचको सहयोगबारे छलफल गरेको छ। येमनले येमन-चीन मैत्रीपूर्ण सम्बन्ध, येमन मामिलाबारे चीनको निष्पक्ष अडान तथा येमनप्रति चीनले प्रदान गरेको प्रशस्त सहायताको उच्च मूल्याङ्कन गरेको छ।