राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रसियन युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवसँग भेटवार्ता
2022-12-22 16:16:03cri
Share with:

डिसेम्बर २१ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा आउनुभएका रसियन युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवसँग त्याउ यु थाई राज्य अतिथिगृहमा भेट-वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले विगत १० वर्षमा चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय उतार चढावको परीक्षाको सामना गर्दै सधैँ स्वस्थ, स्थिर र उच्चस्तरीय विकास गरेको औँल्याउनुभयो। नयाँ युगमा चीन र रूस बीचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको विकास दुवै पक्षले आ-आफ्नो राष्ट्रिय परिस्थितिका आधारमा गरेको दीर्घकालीन रणनीतिक छनोट भएको पनि उहाँले व्यक्त गर्नुभयो।

 

अध्यक्ष मेदभेदेवले सी चिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महासचिवमा पुनःनिर्वाचित हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्नुभयो साथै सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशनले विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेकोमा पनि बधाई ज्ञापन गर्नुभएको थियो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको बृहत्तर विकासले १ अर्ब ४० करोड चिनियाँ जनताको मात्रै नभई विश्वकालागि पनि महत्वपूर्ण रहेको औँल्याउनुभयो।