भ्याक्सिनबाट इम्युनिटीको लामो पर्खाल बनाइँदै
2022-12-23 10:32:36cri
Share with:

हालै नेपालको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार, भविष्यमा केही समयका लागि नेपालले कोभिड-१९ प्रतिरोधी भ्याक्सिनको आयातला स्थगित गर्नेछ। नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन योग्यहरूमध्ये ९९.५ प्रतिशतले पहिलो डोज लिइसकेकन् र ९५.७ प्रतिशतले पूर्ण डोज पाएका छन्। प्रभावकारिताको हिसाबले गर्दा, हालसम्म नेपालमा कोभिड–१९ भाइरस संक्रमणको दर १ प्रतिशतभन्दा कम रहेको छ। साथै डिसेम्बर १६मा गरिएको ८४६ पीसीर परीक्षणमा कुनै पनि पोजिटिभ भएको फेला परेन। जनसंख्याको सुरक्षा र सबभन्दा ठूलो परिधिमा महामारीको नकारात्मक असरला कम र्नको लागि भ्याक्सिनले निकै महत्वपूर्ण भूमिका खेलेको प्रमाणित भइसकेको छ।

एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको चीनका लागि महामारी रोकथाम र नियन्त्रणको जुनसुकै चरणमा भए पनि यो सजिलो काम होइन। महामारीको नकारात्मक असरलाई कम र्न खोप लगाउने कार्यको व्यवस्थित कार्यान्वयन नै सधैंको आवश्यकता बन्दै आएको देखिन्छ। सन् २०२०को डिसेम्बरदेखि चीनले कोभिड–१९ भाइरस प्रतिरोधी भ्याक्सिनको आपतकालीन प्रयोग सुरु गरेको थियो र हालसम्म १ अर्ब ३४ करोड मानिसलाई जम्मा गरी ३ अर्ब ४५ करोड डोज दिइएको छ र तीमध्ये १ अर्ब २७ करोड मानिसले खोपको पूर्ण डोज लिइसकेका छन्। जुन सम्पूर्ण चीनको कुल जनसंख्याको ९२.५ प्रतिशतला ढाकिएको छ र खोपको पूर्ण डोज लिएका दर ९०.२६ प्रतिशत पुगेको छ। कोभिड–१९ भाइरसले वृद्धवृद्धामा बढी क्षति पुर्याएकाले चीनमा महामारी रोकथाम र नियन्त्रणका उपायहरू अनुकूलनसहित सार्वजनिक गरिएको "नयाँ दश नियमहरू"मा यसरी जोड दिइएको छः वृद्धहरूला खोप लगाउने गतिला तीव्रता दिनु मुख्य कार्य हो। हालसम्म चीनमा ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले खोपको पूर्ण डोज लिएको दर ८६.३८ प्रतिशत पुगेको छ भने ८० वर्षभन्दा माथिका वृद्धवृद्धाले खोपको पूर्ण डोज लिएको दर पनि ६५.७ प्रतिशत रहेको छ।

महामारी रोकथाम र नियन्त्रण, वृद्ध र जवान एकै साथमा; महामारीसँग लड्दा, सबै मानिस सँगै हिँड्छन्। हालै चीनका धेरै ठाउँमा महामारी संक्रमणको चरम अवस्था देखिएको छ। थ्यानचिन शहर, हपै प्रान्त, सछ्वान प्रान्त लगायतका ठाउँहरूमा कठिन अवस्थामा परेका र ६५ वर्षभन्दा माथिका वृद्धहरू लक्षित प्रमुख समूहहरूलाई नि:शुल्क  "स्वास्थ्य र महामारी रोकथाम ब्याहरू" वितरण गर्न सुरु भएको छ। नर्सिङ होम, किन्डरगार्टन र अन्य विशेष समूह भेला हुने स्थानहरूमा महामारीको रोकथाम र नियन्त्रण व्यवस्थापन र सेवा ग्यारेन्टीलाई सुदृढ पार्दै बच्चाहरू तथा बृद्धा भन्ने कमजोर समूहको लागि महामारी रोकथाम अवरोध खडा गरिएको छ। ती श्रृंखलाबद्ध कदमहरूबाट सम्पूर्ण चिनियाँ समाजको स्थिर संक्रमणला सुनिश्चित पारिएको साथै अधिकतम हदसम्म मानिसहरूको ज्यानको सुरक्षा गरिँदै छ।

ओमिक्रोन कोभिड महामारीको अन्त्य होइन र हामीले रोगको सामना गर्दा सधैं तर्कसंगत र सतर्क रहनुपर्छ। खोपले नै उच्च जोखिम सामना गर्ने समूहको सुरक्षा, गम्भीर रोग र मृत्युलाई कम र्नको लागि अतुलनीय भूमिका खेल्छ खोप लिनु नै महामारीलाई परास्त गर्ने शक्तिशाली हतियार हो। हालै चीनका धेरै ठाउँमा खोपको 'बुस्टर सट' अर्थात् चौथो डोज दिन थालिएको छ। भ्याक्सिनले महामारी प्रतिरक्षा गर्ने लामो पर्खाल निर्माण गरिरहेको छ। यसका साथसाथै चीन र नेपालबीच मानव, वाणिज्य र व्यापार क्षेत्रमा हुने आदानप्रदान पनि द्रुत गतिमा सुधार भइरहेको छ। वसन्त ऋतु मुस्कान गर्दै हाम्रा लागि अघि सर्दैछ!