चीन र अस्ट्रेलिया बीचको सम्बन्ध सही दिशातिर
2022-12-23 15:30:35CRI
Share with:

चीन-अस्ट्रेलिया दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन डिसेम्बर २१ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्ट्रेलियाका गभर्नर जोन लहर्ली र प्रधानमन्त्री एन्थोनी अल्बानेससँग बधाई सन्देश आदान प्रदान गर्नुभएको छ। सोही दिन चिनियाँ र अस्ट्रेलियाली परराष्ट्र मन्त्री बीच पैचिङमा छैटौँ चरणको चीन–अस्ट्रेलिया कूटनीतिक तथा रणनीतिक संवाद भएको छ र द्विपक्षीय सम्बन्धलाई सुधार गर्नकालागि बहु मतैक्य प्राप्त भएको छ।

चीन–अस्ट्रेलिया सम्बन्ध पारस्परिक सम्मान, समानता र हितको आधारमा मतभेदको व्यवस्थापन गर्दै दुई देश बीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थिति अनुरूप हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छन्।

चीन र अष्ट्रेलिया सम्बन्धमा सुधार र विकासको यो पछिल्लो प्रयास हो। यसबारे चर्चा गर्दै अष्ट्रेलियन फाइनान्सियल रिभ्युले यसरी जनाएको छः दुई देश बीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा अष्ट्रेलियाली विदेशमन्त्रीको चीन भ्रमण नै द्विपक्षीय सम्बन्धलाई स्थिर पार्ने पछिल्लो कदम हो।

हालै विश्व अशान्ति र सुधारको नयाँ युगमा प्रवेश भएको छ। चीन र अस्ट्रेलियाले आ–आफ्नो श्रेष्ठताको भरमा परी यसै क्षेत्रकालागि फाइदाजनक सहयोग थप्दै जानसक्छन्। स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्धले दुई देशका जनताको आधारभूत हितसँग अनुकूल हुनुकासाथै एशिया–प्रशान्त क्षेत्र लगायत विश्वको शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धनको लागि पनि हितकर देखिन्छ।