थाइल्याण्डकी शिक्षिका चिन याली
2022-12-23 15:33:11cri
Share with:

हालैका वर्षहरूमा आशियान मुलुकका धेरै नागरिकहरू चीनको क्वाङ सीको नाननिङ शहरमा आए। क्वाङ सी विश्वविद्यालयका थाइ भाषा सिकाउने विदेशी शिक्षिका चिन याली ती मानिसहरूमध्येका एक हुन्। दश वर्षअघि उनले चीनमा बस्ने निर्णय गरेकी थिइन्। उनले चीनमा विकासको नयाँ सुअवसर पाइन् र चीनमा भएको नयाँ परिवर्तनको अनुभव गरिन्।

“नमस्ते, मेरो नाम चिन याली हो। म थाइल्याण्डको उडोन थानीबाट आएकी हुँ। म विश्वविद्यालयकी शिक्षिका हुँ। म थाइ भाषा सिकाउँछु।”

हाल चिन याली क्वाङ सी विश्वविद्यालयअन्तर्गत विदेशी भाषा विभागका एकजना थाइ भाषा शिक्षिका हुन्। चिनियाँ विद्यार्थीलाई पहिलो पटक सिकाउने अवस्थाबारे सिंहावलोकन गर्दै उनी भन्छिन् “म आएको शुरुमा विद्यार्थीहरू मभन्दा एक वा दुई वर्ष कान्छी थिए। त्यस अवधिमा मैले चिनियाँ भाषा जानेकी थिइन। मैले विद्यार्थीहरूलाई साथीको रुपमा लिएँ। कक्षाको समयमा विद्यार्थीहरूले मलाई सम्मान गर्थे।”

चिन यालीले थाइ भाषा सिकाउनका लागि धेरै प्रयास गरेकी छिन्। उनले विद्यार्थीहरूलाई थाइल्याण्डमा बस्दाको अनुभव सुनाइन्। विद्यार्थीहरूले पनि थाइल्याण्डको सँस्कृतिबारे धेरै जानकारी पाए। उनकी विद्यार्थी लु च्यायी भन्छिन् “कक्षाको समयमा शिक्षिका चिनले हामीसँग बोल्ने क्षमताको अभ्यास गर्न आग्रह गरेपछि हाम्रो आत्मविश्वास र साहस बलियो बन्यो।”

चिन यालीले चीनमा धेरै वर्ष बसोबास र काम गरेकी छिन्। उनले सधैं नै चिनियाँ भाषा सिकिरहेकी छिन्। उनलाई चीनको प्राचीन कालका कविताहरू धेरै मन पर्छ। चीनको थाङ वंशका कवि ली पाईको “चिङ ये स अर्थात् एक शान्त रात” शीर्षकको कविता पढ्दा उनले आफ्नो जन्मथलो सम्झने गर्छिन्।

विदेशमा बसोबास गरेकी छिन् तर पति सँगसँगै बस्दा चिन यालीलाई एक्लो महसुस हुँदैन। चिन यालीका श्रीमान क्वाङ सीका नागरिक हुन्। उनका श्रीमानले थाइल्याण्डमा अध्ययन गर्दा चिन यालीसँग भेटेर मित्रता गाँसेका थिए। अध्ययन पूरा भएपछि चिन याली श्रीमानसँग नाननिङ गइन्। चीनको यात्रापछि उनीहरूबीचको भावना बलियो र गहिरो बन्यो। चिन यालीले पनि चीनलाई माया गर्न थालिन्। हाल उनीहरू नाननिङ शहरमा बसोबास गर्छन्। चिन याली भन्छिन् “पहिले सामान किन्न नगद तिर्नुपर्‍यो। हाल मोबाइल लिएर समान किन्न जान सकिन्छ। बाहिर जान जामको चिन्ता लिनुपर्दैन, किनभने भूमिगत रेल र द्रुत गतिको रेल निकै सुविधाजनक छ। मेरो विचारमा चीनको विकास निकै तीब्र छ। मलाई द्रुत गतिको जीवन मन पर्छ, युवाहरूले द्रुत गतिबमोजिम जीवन बिताउनुपर्छ।”

चिन यालीकाअनुसार, आजको चीनले प्राप्त गरेको उपलब्धि मूल्यवान छ। यो उपलब्धि पुस्ताहरूका मानिसले सक्दो प्रयास गरेको नतिजा हो। उनी भन्छिन् “चिनियाँ भाषाको इतिहास कक्षा लिँदा मैले चीन विशाल छ भन्ने महसुस गर्थेँ। आजको सुन्दर जीवन आउँदैन जस्तो लाग्थ्यो।”