चीन-न्यूजिल्याण्ड सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव, राष्ट्राध्यक्ष सी र न्यूजिल्याण्ड गर्भनर सिन्डीबीच बधाई आदानप्रदान
2022-12-23 12:48:58cri
Share with:

चीन र न्यूजिल्याण्डबीच दौत्य सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा  डिसेम्बर २२ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र न्यूजिल्याण्डकी गर्भनर सिन्डी किरोले एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीन र न्यूजिल्याण्ड एक-अर्काका लागि महत्त्वपूर्ण सहयोगात्मक साझेदार भएको भन्दै दुई देशबीचको सम्बन्ध स्थापना भएको ५० वर्षदेखि दुई देशबीच स्वस्थ तथा स्थिर विकास हुँदै आइरहेको औंल्याउनुभयो। चीन- न्यूजिल्याण्ड सम्बन्धको विकासलाई उच्च महत्व दिँदै गर्भनर किरोसँगै मिलेर चीन- न्यूजिल्याण्ड सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउँदै दुई देशका जनताका लागि अरु बढी फाइदा ल्याउन इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

 

त्यसैगरी न्यूजिल्याण्डकी गर्भनर सिन्डी किरोले न्यूजिल्याण्ड-चीन सम्बन्ध न्यूजिल्याण्डका लागि सबैभन्दा महत्त्वपूर्ण द्वीपक्षीय सम्बन्धमध्येको एक हो भन्दै न्यूजिल्याण्ड र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षयता दुई देशबीचको सम्बन्धको विकासमा विशाल उपलब्धि हासिल भएको प्रकट गर्नुभयो।

हिजै चीनका प्रधानमन्त्री ली ख छ्याङ र न्यू जिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले पनि एक-अर्कालाई बधाई सन्देश पठाउनुभयो।